कृष्ण कुँवर,अबुधाबी। संयुक्त अरब ईमिरेट्स्-मा नेपाली भाषी ख्रीष्टियनहरुले धुमधामसङ्ग ख्रीष्टमस् उत्सब मनाएका छन्।
*नेपाली नबजागृती मण्डली* अबुधाबीले डीसेम्बर २३ शनिवारको दिन ख्रीष्टमस् उत्सब मनाएको छ। पाँचसय जनाको उपस्थितिमा पहिलो र दोस्रो चरणमा सम्पन्न भएको कार्यक्रममा आराधाना, बचन, ख्रीष्टियन् गितहरु र नृर्त्यहरु प्रस्तुत गरिएको थियो।
बक्ता- पास्टर सोम के.सी. ले भनें- ख्रीष्टमस् धार्मिक बिधि र चाड होईन तर ख्रीष्ट हामीलाई उद्दार गर्न धर्तिमा जन्म लिएको कारण हामीले उत्साहको उत्सब मनाउँछौं। यो समय उद्दारको सन्देश सुनाउने उपयुक्त समय हो। सान्टाकलजले दिने उपहार भन्दा अझ उत्तम उपहार परमेश्वरले हामीलाई आजभन्दा २०२३ बर्ष अघि दिनुभयो त्यो उपहार “येशूख्रीष्ट” हुनुहुन्छ। यो ऐतिहासिक घटना परमेश्वरको योजनानुरूप भएको कार्य हो। येशू जन्मनुभयो, उहाँको नाउँ इम्मानुएल राखियो जस्को अर्थ हुन्छ- “परमेश्वर हामिहरुसंग”
बाईबल धर्मशास्त्र मत्ती १:२१ लाई उल्लेख गर्दै पास्टर सोम के.सि.ले येशू आफ्ना मानिसहरुलाई तिनिहरुका पापबाट बचाऊन आउनुभएको बताए। उनले भनें धर्मशास्त्र अनुसार सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन पापको ज्याला मृत्यु हो। त्यही अनन्तको मृत्युबाट बचाई अनन्त जीवन दिन “येशू” संसारमा आउनुभयो।
हामी हाम्रो पापको कारण परमेश्वरबाट संधैको लागि अलग भएका थियौं। मानिसलाई परमेश्वरसंग मिलाप हुने कुनै उपाय थिएन, त्यसको समाधान परमेश्वर आफैले दिनुभयो- त्यो समाधान “येशू” हुनुहुन्छ। परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रानिम्ति मर्नुभयो।रोमी-५:८
हामीले पाउने दण्ड येशूले भोग्नुभयो, पापको दुरीलाई हटाऊन येशूको बलिदान भयो। अब उपरान्त येशूलाई बिश्वाश गर्नेहरुको पापको दण्ड तिरिएको छ। अब उद्दार पाउन येशूमा बिश्वाश गरे पुग्छ। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।
किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। रोमी: १०:९-१०
पास्टर सोमले भनें- येशूले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”लुका १:३३ सोही अन्त नहुने राज्यमा प्रवेश गर्न सबैजनालाई आजनै अबसर छ किनकी अशल कर्मले मुक्ति पाईन्न। मुक्ति पाउनलाई परमेश्वरले अहिले र आगामी पुस्ताको निम्ति पूर्व योजना बनाउनु भएको थियो। सोही योजनानुसारनै येशू ख्रीष्ट उद्धारकर्ताको जन्म भएको थियो। त्यही उद्दारकर्ता येशू आउनुभएको खुशियालीमा उहाँको सु-सन्देश छर्न, उहाँको आराधाना गर्दै खुशियाली साटासाट गर्नलाई यो उत्सब मनाउँछौं।
अबुधाबीको ख्रीष्टमस् उत्सबको संचालन् डिकन राज पुन, शुरु र अन्त्यको प्रार्थना पास्टर गोपाल पुलामिले गरेका थिए भनें ख्रीष्टमस उत्सबमा चाईना क्याम्पको प्रज्वलको समुहबाट सामुहिक गीत, प्रतिमा खड्का र सोफिया परियारबाट गीत, युद्धिनको कोयर समूहबाट सु-समाचारिय गीत, दिया, एस्तर, जितुबाट नृत्य, साबियाको शान्ति तामाङको समुहबाट नृत्य र गीत, खालिफा सिटी मिनिमाया तामाङ, संजना मगर समुहबाट नृत्य प्रस्तुत गरिएको थियो कार्यक्रमको अन्त्यमा उपहार आदानप्रदान गरिएको थियो।
*एभृनेशन् नेपाली चर्च अबुधाबी* ले पनी डीसेम्बर २३ मा नै ख्रीष्टमस उत्सव मनाएको छ। पास्टर रुक्मान सुनुवार भन्छन्- हाम्रो उधेश्य सबै बिश्वाशी आएर आराधाना गरुन् भन्ने हो, सोही उद्देश्यका साथ हामीले प्रभुको आराधाना गरेर सु-समाचार सुनाएर ख्रीष्टमस उत्सव मनायौं। हामी चारसय छत्तिस जना उपस्थित थीयौं। आईतवार पनि हामीले उत्सब मनायौं।
*नेपाली बाइबल संगती* अलइन् ले डीसेम्बर २३ शनिवारनै ख्रीष्टमस उत्सव मनाएको छ। एकसय साठिदेखि एकसय सत्तरी जना मानिसहरू भेला भई ख्रीष्टको जन्मोत्सव मनाएको पास्टर बिष्णु तामाङले बताएका छन।
मण्डलिमा येशूलाई नचिन्ने व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
अमेरिकाबाट मेसिनरीको रूपमा आएका पास्टर स्टानले मुक्तिदाता ख्रीष्ट किन जन्मनुभयो भन्ने विषयमा बचनबाट स्पष्ट पारेका थिए। कार्यक्रममा गीतहरू, नृत्यहरू पनि समावेश गरिएको थियो। साँझमा ख्रीष्टमस् क्यारोल् र सेवाहरु भएको पास्टर पीटर गुरूंङले बताए।
कार्यक्रमपछि अलईनको जाहेरी पार्कमा भेला भएर खानपिन गर्ने र एकअर्कालाई शुभकामना आदानप्रदान गर्नेकाम भएको थियो। डियूटी र कामको ब्यस्तताले २३ तारिख उपस्थित हुन नसकेकाहरूलाई ध्यानमा राखि २४ तारिख पनि ख्रीष्टमस कार्यक्रम राखिएको थियो।
*न्यू बिगिनिंङ चर्च दुबई* ले डीसेम्बर २५ तारीखमा ख्रीष्टमस् उत्सब मनाएको छ। एकसय बिस देखी एकसय चालिस् जनाको उपस्थिति रहेको कार्यक्रममा युवाहरुले नाच-गान,नाटक प्रस्तुत गरेको पास्टर रोशन गिरिले बताए।
पास्टर रोशनका अनुसार:- महत्वपूर्ण भाग बचन थियो। भारत सिलीगुडी(क्राइस्ट सेंटर चर्च) का पास्टर समुयल गुरूंङ र गुरुआमाको उपस्थिति थियो। मत्ती १ :१-१८ अब्राहम देखी येशू सम्मको ४२ पुस्ताबारे, उत्पत्ति ३:१५ बारे पास्टर समुयलले प्रष्ट पारेका थिय। परमेश्वरले कसरी अब्राहमलाई चुन्नुभयो? दाऊदको राज्य, इस्रायलीहरु अस्सुर र यहूदा बेबिलोनमा दासत्वमा गएको कुरा,आदमको असफलता, पापको कारण मृत्युले मानिसमाथि राज्य गरेको, परमेश्वरले मृत्युबाट छुटाउन दोस्रो आदम अर्थात् येशूलाई पठाउनुभएको र येशूले क्रुस्मा मृत्युलाई जितेर मानिसलाई मृत्युबाट बिजयी दिनुभएको, अनन्त जीवन दिनुभएको कुरा महत्वपूर्ण रहेको बताए।
यसरी यू.ए.ई. को बिभिन्न प्रान्तमा भएका मण्डलीहरूले भब्यताका साथ ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेका थिए।
*अशल गोठालो मण्डली शार्जाह* ले डीसेम्बर २४ तारिख् शार्जाह प्रान्तमा ख्रीष्टमस् कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ। बाल-बालिकाहरु बाहेक ४६० जनाको बाक्लो उपस्थित रहेको उक्त कार्यक्रममा स्तुति-आराधना, वचन, नाच, गीत, कविता, गवाही, नाटक र खेल आदी कार्यहरु समेटिएको थियो। कार्यक्रममा विशेष पाहुनाको रुपमा नेपाली ईसाई मण्डली, ज्ञानेश्वरको एल्डरनी आमा ग्रेस् खालिङ (एग्लो इंटरनेशनल् नेपालका अध्यक्ष) र उनको परिवारको पनि उपस्थिति रहेको थियो। पहिलो चरणमा ख्रीष्टमस् गीत्, स्तुति-आराधना र वचनको कार्यक्रम गरिएको थियो भनें, दोस्रो चरणमा विविध कार्यक्रम समावेश गरिएको थियो। सम्पूर्ण कार्यक्रम संचालन डिकन क्रिस तामाङले गरेका थिए। आराधाना अगुवाई एल्डर जोन मगरले गरेका थिए। वचनको सेवा पास्टर नेत्र बोहोराले गरेका थिए।
लूका २:१-२० बाट बोलिएको वचनद्वारा पास्टर नेत्र बोहोराले येशूको जन्मको बारेमा र उहाँ यस संसारमा आउनुको उद्देश्यको बारेमा प्रष्ट्याएका थिए। ख्रीष्टमस् कार्यक्रममा पहिलोपटक् मण्डलीमा आएका करिब तीस-चालिस् जना अविश्वासी दाजुभाई र दिदीबहिनीहरुले येशू ख्रीष्टको बारेमा सुन्ने र बुझ्ने मौका पाएका थिए । मण्डलिको उद्धेस्य येशू जन्मनुभएको अवसरमा खुशीयाली मनाउनु र खानपिन् गर्नु मात्रै नभएर ख्रीष्टलाई नपाएका साथीहरुलाई निम्त्याएर ख्रीष्टको बारेमा बताउनु र प्रेम दर्शाउनु थियो। ख्रीष्टमस् कार्यक्रममा धेरैले पहिलो पल्ट सु-समाचार सुन्ने मौका पाएका थिए। कार्यक्रमको बिचमा एल्डर अमृत लामाले मण्डलीको गतिविधि र आउने वर्षको मण्डलीको विषयको लक्ष्य बारेमा जानकारी दिएका थिय। वर्ष २०२४ को विषय १ थेसलोनिके ५:६ पदबाट राखिएको थियो।
विविध नाचगानको कार्यक्रमको समयमा बाल-संगतिका बाबुनानी हरुले देखाएको नृत्य निकै रोचक रहेको थियो। आराधाना, वचन र नाच-गानको कार्यक्रम सिद्धिएपछि उपहार आदान-प्रदानको कार्यक्रम गरिएको थियो। मण्डलीका विश्वासी हरुद्वारा गुरुबुवा-गुरुआमा र एल्डर लगायत अगुवाहरुलाई उपहार दिईएको थियो र मण्डलीको तर्फबाट मण्डलीको सहकर्मीहरु, यातायातमा सहायता पुर्याउने बस चालकहरुलाई र बाल-संगतिका बाबुनानी हरुलाई उपहार प्रदान गरिएको थियो। विश्वासीहरु बिच पनि उपहार आदान प्रदान गरिएको थियो। दिउँसोको दूई बजेदेखि साँझको छ बजेसम्म भएको कार्यक्रममा अन्तिममा खानाको व्यवस्था पनि गरिएको थियो ।
