Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांसद सुनिल शर्माले दाङको शान्तिनगर गाउँपालिकामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2023
6 shares

दाङ । सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ । बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरियो ।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका संघीय सांसद सुनिलकुमार शर्माले चिराघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाई संवोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन सक्नुपर्ने बताए । राज्यले जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जवाफदेही बन्न नसकेको जिकीर गरे । सांसद शर्माले शिविरबाट ओ.टी. रेफर भएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने पनि बताए ।

शिविरमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले स्वास्थ्य क्षेत्रमा सांसद सुनिलकुमार शर्माले पुर्र्याएको योगदानको चर्चा गर्दै राज्यले ग्रामिण क्षेत्रको स्वास्थ्य सुधार गर्न बढी ध्यान दिनुपर्ने बताइन् । सांसद शर्माले व्यक्तिगत प्रयासबाट गरेका समाज सेवा र स्वास्थ्य सेवाबाट हज्जारौं नागरिक लाभान्वित भएको बताउँदै उनले बढी श्रोत र साधन भएको सरकारको भूमिका कमजोर रहेको जनाइन् ।

शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

शिविरमा स्त्री तथा प्रसुति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरबाट ओ.टी. रेफर भएकाहरुलाई सांसद शर्माले केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् । गाउँमै काठमाडौंबाट विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु भीड लागेको थियो ।

स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको छ । उक्त टोलीले बुधबार प्यूठानको गौमुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved