माेरङ। विराटनगर तथा आसपासमा रहेका मण्डलीहरुको साझा आधिकारिक संस्था इसाई समाज विराटनगरले ईसाई समुदायको महान उत्सव ख्रीष्टमस्-२०२३ को अवसरमा भव्य शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ।
सोमवार सेन्ट जोन इष्टर्न विलिवर्स चर्च, त्रिमु्र्ती चोक विराटनगर-५ मा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगर पालिकाका मेयर नागेश कोईराला हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा स्थानीय वार्ड अध्यक्ष शसंतोष न्यौपाने, ईसाई समाज विराटनगरका संस्थापक अध्यक्ष रेभ यादव वहादुर कार्की, मोरङ्ग जिल्ला ईसाई समाजका अध्यक्ष रेभ नवीन कुमार राई, पुर्व अध्यक्ष रेभ मोहन सुब्बा, एवं प्रदेश ईसाई समाजका महासचिव रेभ विनोद मुर्मु , प्रदेश ईसाई समाजका सल्लाहकार विशप जोसेफ सोरेन लगाएतको समेतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा विभिन्न मण्डलीहरुबाट ख्रिष्टमस सुसमाचारीय सामुहिक नृत्यहरु, कविता, एकल गायन लगायतका विशेष प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो।
समाजमा आवद्व सम्पुर्ण मण्डलीका पाष्टर, अगुवा लगायत करिब ५०० जना भन्दा बढि विश्वासीहरु सहभागि भएको उक्त सेवामा नेपाल थियोलजिकल कलेजका प्रिन्सिपल डा. वालकृष्ण शर्माले वचनको सेवकाई गर्नुभएको थियो।
उक्त कार्यक्रममा रक्तदानको क्षेत्रमा उदाहरणीय काम गरेको तत्काल रक्तदाता(Instant Blood Donner) का संस्थापक अध्यक्ष सुरेन्द्र मल्ललाई प्रमुख अतिथीको वाहुलीबाट सम्मान पत्र प्रदान गरिएको थियो।
समाजका सचिव एवं एफ जि टि चर्चका पा युवराज प्रधानले संचालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता आयोजक इसाई समाज विराटनगरका अध्यक्ष एवं ख्रिष्टिय सामुदायिक मण्डलीका पास्टर सुरज मल्लले गर्नुभएको थियो।

आराधनामा पास्टर युगल ठटाल तथा समुहले अगुवाइ गर्नु भएको थियोे ।
