काठमाडौं। आमुल परिवर्तन मसिह पार्टीद्वारा सोमबार ललितपुरको चाँपागाउ स्थित युनिटि क्याफेमा प्री ख्रिस्टमस शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
शुभकामना कार्यक्रममा केन्द्रीय माहासचिब बि आर लामाद्वारा सन्चालित कार्यक्रमको सभाप्तित्व केन्द्रीय अध्यक्ष भरत गिरीले गरेका हुन।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादि पार्टीका केन्द्रीय सदस्य तथा बागमति प्रदेश भौतिक योजना तथा बिकास मन्त्र युवा नेता युवराज दुलाल (सरद), विशिष्ट अतिथिमा नेकपा (एस) का स्थाइ कमिटि सदस्य माधब पौडेल, जनजाति माहासङका प्रतिनिधि आङकाजि शेर्पा, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रतिनिधि जिवन मङ्गोल, नेपाली कांग्रेस माहासमिति सदस्य राजु सुनार, पार्टी सदस्यहरु लगाएतको ख्रिस्टियन अगुवाहरुको भब्य उपस्थिति रहेको थियो ।
जनजाति माहासङका प्रतिनिधि आङ्काजि शेर्पाले शुभकामना मन्तव्यको क्रममा भने ख्रीस्टियन लगाएतकै मुक्तिको लागि मसिह पार्टी जन्मेको हो तपाईहरु किन म ख्रीस्टियन, म काङ्ग्रेस, म कम्युनिस्ट, म एमाले, म माओवादी भनेर बिभाजित हुनुहुन्छ भन्दै प्रश्न गरे। अधिकार पाउन डटेर लाग्नु पर्छ किन सुत्नु हुन्छ २५ लाख ख्रीस्टियन भनेर कडा प्रस्न गरेका थिए ।
प्रमुख अतिथि नेकपा माओवादि पार्टीका केन्द्रीय सदस्य तथा बागमति प्रदेश भौतिक योजना तथा बिकास मन्त्री युवराज दुलाल (सरद) ले समानताको लडाईमा हामी कन्जुस्याइँ गर्दैनौ समानताको लडाई जातीय छुवाछूतको लडाइ धर्म निरपेक्ष को लडाइँमा हाम्रै भुमिका बडि थियो जीवन बलिदान ले यति सम्म पनि भएको हो हामी पुर्ण प्राप्ति भएको छैन होला अझै अघि बढौ यो यत्तिकै आएको भनेर सबै पार्टी र नेतालाई सोलो डोलो गालि गरेर मात्रै चै हुन्न भाषणले हुने भए नेपाल बिस्वको विकसित भएर सिङ्गापुरले हाम्रो देश नेपाल जस्तो बनाउ भनेर नमुना लिने बताए ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य केन्द्रीय उपाध्यक्ष सुशिला बेगाले गरेको थिइन ।
