डिकेन्द्र बस्नेत, झापा। झापाको कमल गाउँपालिका नारी इसाई समाजद्वारा कमल गाउँपालिका अवस्थित प्रहरी चौकी तोपगाछी र कमल नगर अस्पतालमा सोमबार शुभकामना आदानप्रदान तथा कुर्सी वितरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम नेपाली राष्ट्रिय गानको धुन बजाएर शुरू गरिएको थियो । प्रहरी चौकी तोपगाछीमा नारी इसाई समाजका पूर्व अध्यक्ष अनुग्रह तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यसतै कमल नगर अस्पतालमा नारी इसाई समाजका पूर्व सचिव शर्मिला लिम्बु सञ्चालन गर। भने नारी समाजका सचिव दिपा राईले खदा लगाई दिई प्रहरी चौकी र नगर अस्पतालका कर्मचारीलाई सम्मान गरेका हुन ।
न्यू लाईफ चर्च क्याम्पाका पास्टर वीर बहादुर तामाङले ख्रीष्टमस सन्देश तथा शुभकामना मन्तब्यको क्रममा ख्रीष्टमस महान उत्सव हो, यो येशूको जन्म दिनको उत्सव हो। येशू (Jesus)नाउँ नितान्त व्यक्तिगत नाउँ भएको,जसको अर्थ (सेभियर) मुक्तिदाता हुन्छ भनी अर्थ्याएका थिए। सबै मानव जातिको लागि मुक्तिको खाँचो रहेको पनि बताए र प्रहरी राष्ट्र सेवक,सूचना र सचेतनाको संवाहक साथै “प्रहरी मेरो साथी’ भनी राष्ट्रको सेवामा अझ अघि बढ्न शुभकामना पनि दिएका थिए।
शुभकामना मन्तब्य राख्ने क्रममा प्रहरी सहायक निरीक्षक डम्बर बाहदुर गौतमले ख्रीष्टमस आफ्नो जीवनको कार्यकालमा प्रहरी चौकीमा पहिलो पटक मनाएको र यो उत्सवले सबैको भलो होस् भनी शुभकामना व्यक्त गर्नु भयो।
कमल नगर अस्पतालमा समाजका उपध्यक्ष पास्टर विक्रम लिम्बूले सबै मानवले पाप गरेका छन र त्यसबाट छुटकारा पाउन येशू ख्रीष्टलाई विश्वास गर्न आवश्यक रहेको स्वस्थ्यकर्मी स्वस्थ्य रहन र बिरामीको सेवामा असल प्रकारले खट्नु होस् भनी शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा नगर अस्पतालका प्रमुख टीका बर्देवाले मन्तव्यमा सेवा दिने क्रममा टेवा दिनलाई कुर्सी उपहार दिनु भएको छ। अस्पतालको खाँचोलाई सहयोग पुर्याएकोमा धन्यबाद दिदै उनले भने फेरि पनि हातेमालो सहकार्य गर्न अनुरोध गरेका छन।
कार्यक्रममा नारी इसाई समाजका अध्यक्ष वसन्त राईले समाजका तर्फबाट १२ वटा कुर्सी प्रहरी चौकी तोपगाछी र १२ वटा कुर्सी नगर अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो।
प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक र कमल ईसाई समाजका पूर्व अध्यक्ष पास्टर भिक्टोर सुनुवारको बाहुलीबाट ख्रीष्टमस केक काटेर ख्रीष्टमस उत्सव मनाएका थिए । यस्तै नगर अस्पतालका डाक्टर फुलक लावती र नारी अध्यक्ष बसन्त राईको बाहुलीबाट केक काटेर मनाएका थिए।
ख्रीष्टमस शुभकामना आदानप्रदान तथा उपहारका रुपमा कुर्सी वितरण कार्यक्रम असल प्रकारले सम्पन्न भएको जानकारी कमल नारी इसाई समाजका उपाध्यक्ष जित्नी राजवंशी दिनु भयो।
