Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेफ्स्कुन सञ्चालकमा किरण वर्तौलाको उमेद्वारी घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 18, 2023
12 shares

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को पौस ७ र ८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको ३२ औं साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हुँदा नवमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण बर्तौलाले नेफ्स्कुन संचालक समिति सदस्य पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।

विगत ८ वर्षदेखि सहकारी क्षेत्रमा आबद्ध भई सहकारी अभियानमा भूमिका निर्वाह गर्दै आएका वर्तौलाले सहकारी क्षेत्रमा देखिएका बिद्यमान समस्या सतही रूपमा मात्र बाहिर आएको तर नीतिगत रूपमा सम्बोधन हुनुपर्ने धेरै ठाउँ रहेकाले त्यसका लागि पहलकदमी गर्ने खुड्किलोका रूपमा नेफ्स्कुनमा आफ्नो उमेद्वारी रहेको जानकारी गराए ।

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ जारी भएपश्चात ऐनको कार्यान्वयन पक्ष निकै फितलो रहेको र कार्यान्वयनका पक्षधरहरू सहकारी नियामक निकाय, सहकारी अभियन्ता र सम्पूर्ण सहकारीकर्मीहरूको निष्कृयताले हालको समस्या उत्पन्न भएको हुँदा यसको समाधानका लागि सक्रिय भूमिका खेल्न आफूले नेफ्स्कुनामा उमेद्वारी दिएको बताएका छन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका वर्तौला नेफ्स्कुनको चुनाबी मैदानमा देखिएका युवा उमेद्वार हुन् । कानुनी विषय र लेखा सम्बन्धमा पनि विशेष दक्खल राख्ने उनी आफ्नो संस्था नवमैत्री साकोसको संचालनमा पनि अब्बल देखिएका छन् ।

युवा उमेद्वारीले नेफ्स्कुनको यस पटकको चुनावी साधारण सभामा उत्साह थपेको छ । सहकारी ऐन २०७४ ले दिएको व्यवस्था अनुरूप कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरणको स्थापना भई सहकारी संचालनमा सहजीकरण गरिनुपर्ने धारणा विभिन्न फोरमहरूमा राख्दै आएका छन् । सहकारी ऐन २०७४ को पूर्ण रूपमा कार्यन्वयन भई संस्था संचालनमा सहजीकरण, कर्जा लगानी/ असुलीमा सहजीकरण, बचतकर्ताको बचत सुरक्षण जस्ता संवेदनशील विषयमा केन्द्रित भई काम गर्ने उद्देश्य राखेका छन् ।

अवसर पाएमा सक्रिय भई सहकारी क्षेत्रको आम समस्या समाधान गर्ने र नीतिगत रूपमा दीर्घकालीन प्रभाव हुने परिवर्तनका लागि योजना रहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved