झापा। संयुक्त ईसाई समाज झापा क्षेत्र नं.४ ले संयुक्त रुपमा शान्तिपूर्ण र्याली साथै ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न गरेको छ।
कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यता तथा ईसाई समाज क्षेत्र नम्बर ४ का अध्यक्ष पाटर जगन्नाथ पौडेलको नेतृत्वमा सुरुङ्गा चोक देखि झापा रोडमा रहेको पुरानो गाविस हुँदै कन्काई नगर अस्पताल परिक्रमा गरी पुनः सुरुङ्गा चोकमा गएर कोण सभा गरिएको थियो।
उक्त र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रममा कोण सभा गर्दै सुसमाचार भजन , नृत्य, रहेको थियोे । सो अवसरमा येशु ख्रिस्टको वचन प्रचार गरिएको हो।
नगर प्रमुख राजेन्द्र पोख्रेल , ईसाई समाज क्षेत्र नं ४ का अध्यक्ष जगन्नाथ पौडेल तथा अन्य पास्टर अगुवा तथा सामाजिक व्यक्तित्वहरुले आफ्नो भनाई राख्दै ख्रीष्टमस शुभकामना दिनु भएको थियो।
