डिकेन्द्र बस्नेत। पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो अपरान्ह सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका ५ पाँचथरका ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याउना साथ उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका ८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
