डिकेन्द्र बस्नेत , झापा । कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ अध्यक्ष हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह-सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसै गरी झापाको कमल गाउँपालिका-३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका ७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघिय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन ।
