Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिचान पक्षधरहरुकाे बन्दका कारण खाेटाङ सदरमुकाम दिक्तेलमा यातायात ठप्प

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 16, 2023
0

खोटाङ। पहिचानवादी समर्थकहरुकाे बन्दका कारण खोटाङबाट भएर चल्ने लामो तथा छोटो दुरीको यातायातका साधनहरु ठप्प भएका छन्।

नेकपा एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन गत २६ गत्ते आन्दाेलनमा निस्केका पूर्व संस्कृति मन्त्री समेत रहेका गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ जना नेता तथा कार्यकर्ताहरुलाइ सरकारले हिरासत मुक्त नगरेका कारण प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आज मंसिर २६ र भोलीपाैस १ गत्ते प्रदेशभरी यातायात बन्द घोषणा गरेका  छन्।

यसै अन्तर्गत प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङले पनि आज बिहानैबाट सदरमुकाम दिक्तेलबजार रत्नपार्कको जिरोप्वइन्टमा बसेर यातायात ठप्प पारेका छन्। पहिचानवादी याेद्धाहरु सदरमुकाम लगाएत जिल्ला प्रवेशकाे नाकाहरुमा बसेर मोटरसाइकल समेत चल्न दिएका छैनन्।

खोटाङमा प्रहरीले मन्त्री किरातीसहित जसपा नेता एवंम् हलेसी तुवाचुङ युवा सह संयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सह संयोजक विजय राईलाई हलेसीबाट र खोटाङकै नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका मन्त्री किरातीसहित ५ जनालाई अभद्र व्यवहार मुद्दामा प्रहरीले हिरासतमा राखेका छन्।

पक्राउ परेका आफ्ना नेताहरुलाई बिना शर्त रिहा गर्न भन्दै शुक्रबार संघर्ष समिति खोटाङका संयोजक युगसन किरातसहितका पहिचानवादी याेद्धाहरुले खाेटाङका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापन पत्र समेत बुझाएका थिए।

अन्य समयभन्दा आज यातायातका साधनहरु तुलनात्मक रुपमा कम चलेको खोटाङका डिएसपी पुरुषोत्तम खड्का बताउँछन् भने, बिहानै भोजपुरबाट आएका ५/६ वटा गाडीलाई स्कटीङमा गन्तब्यतर्फ पठाईएको छ। काठमाण्डौ तराई जाने भएमा आफू खुशी यातायात नचलाउन र प्रहरीलाई खबर गरेमा स्कटीङ गरेर गन्तब्यमा पठाईने डिएसपी खड्काले बताए।

संघर्ष समिति झापा संयोजक चौधरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापामा कालो झण्डा देखाएको आरोपमा बिर्तामोडबाट पक्राउ परेका थिए।

तस्विर तथा सामग्री समायाेजन खबरबाट लिइएकाे हाे

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved