डिकेन्द्र बस्नेत , झापा। काेशी प्रदेश ईसाई समाजको आयोजना र ईसाई समाज विराटनगरको संयुक्त सयोजनमा आज विराटनगरस्थित वि आई सी चर्चमा “ ख्रीष्टमस् शुभकामना आदान-प्रदान कार्यक्रम “ सम्पन्न भएको छ।
समाजका अध्यक्ष पास्टर विक्रम वर्णवास येक्तेनको अध्यक्षतामा भएको कार्यक्रमको शुरुको प्रार्थना ईसाई समाज विराटनगरका सल्लाहकार पास्टर यादव वहादुर कार्कीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रदेश ईसाई समाजको प्रवक्ता पास्टर सुरज मल्लले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार डा शेमलाल हेमरमले वचनको सेवकाई गर्नु भएको थियो ।
प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मानवताको हितमा काम गर्ने व्यक्ति नै महामानव हो र उनिहरुको अनुशरण गर्नुपर्ने बताउँदेेै प्रदेश सरकार सबै भाषा, धर्म र संस्कृतिको संरक्षणमा लागि परेको बताउनुभयो । ख्रीष्टमसको अवसरमा मुख्यमन्त्री कार्कीले उपस्थित सवैलाई शुभकामना व्यक्त गर्नु भएको छ।
कार्यक्रममा ईसाई नारी समाज विराटनगरकी अध्यक्ष जमुना खड्का, वरिष्ठ सल्लाहकार विशप जोसेफ सोरेनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रदेशका विभिन्न जिल्ला, नगर, गाउं पालिकावाट करिब १३० भन्दा वढि पाष्टर अगुवा प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन कोशी प्रदेश ईसाई समाजका महासचिव पास्टर विनोद मुर्मुले गर्नुभएको हो।
कार्यक्रमको समापनमा समाजको अध्यक्ष पास्टर विक्रम वर्णवासले धन्यवादज्ञापन गर्नुभयो भने स्थानीय मण्डलीका पास्टर मोहन सुव्वाले आशीषको प्रार्थना संगै कार्यक्रम समापन भएको हो ।
