भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको आफनै भव्य भबन तयार भएको छ । कार्यालय भबनको शुक्रबार एक भव्य समारोहवीच नगर प्रमुख जीवन खत्रीले उदघाटन गरेका छन् ।
चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंगकाे घुमाउनेमा तयार भएकाे छ । भबन नगरकोट जाने रोड छेउमै तल रहेको छ । यो ठाउँं भक्तपुरको खरिपाटी नजिकै छ ।
२१ रोपनी तीन आनाको पर्ति जग्गाको क्षेत्रफलमा बनेको भबन कुल ३२ करोड ७३ लाख सालाखालामा बनेको बताइएको छ । भबन बनाउन जिल्ला समन्वय समिति भक्तपुरबाट तीन करोड, केन्द्र सरकारबाट साढे करोड प्राप्त भएको जनाइएको छ । बाँंकी रकम नगरपालिकाकै रहेको जनाइयो ।
स्थानिय तहकाे अघिल्लाे कार्यकालका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख साेम मिक्श्र र भक्तपुर जिल्ला समन्वय समितिका तत्कालिन अध्यक्ष नबराज गेलालद्वारा शिलान्यास गरिएकाेउक्त भवन सम्माननिय रास्ट्रपति राम चन्द्र पाैडेलद्वार उद्घाटन गरिने जनाइए पनि बिबिध कारणबस राष्ट्रपति पाैडेल उपस्थिति हुन नसकेका कारण नगर प्रमुख खत्रीले उद्घाटन गरेका हुन्।
भबन उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्षलगायतका व्यक्तिहरु अतिथि रहेका थिए ।
हेर्नाेहाेस तस्विरहरु:

