Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऐसेलुखर्क :ठेल्दै ढल्छ स्वास्थ्य चाैकिकाे भित्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 9, 2023
24 shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र परेको छ । दुई वर्षअघि नै निर्माणकार्य सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणको काम गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण अलपत्र परेको बताइएकाे छ।

भुइँतलाको पर्खालमा प्लास्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खालहरु लगाउन बाँकी देखिन्छ । गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते स्वास्थ्यचौकी भवन निर्माणको सम्झौता गरेका थिए । पटक–पटक थप भएको म्याद गुज्रिँदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पारेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका आयोजना प्रमुख प्रभाकर कर्ण बताउँछन्  ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारण स्वास्थ्यचौकी भवन निर्माणको काम करिब डेढ वर्षदेखि ठप्प छ । भवन निर्माणका लागि चौथो पटक थप भएको म्याद गएको कात्तिक ३० गते गुज्रिसकेको छ । पुन: पाँचौँ पटक म्याद थपका लागि विभागमा फाइल पेस भएको आयोजना प्रमुख कर्णले बताए ।

‘निर्माण व्यवसायीले कामै नगर्दिने । अलिअलि काम गर्ने बिल लाने, गर्छु–गर्छु भन्ने अनि हिँड्ने ! पटक–पटक म्याद थप्दा पनि ढाँट्ने, छल्ने काम भयो । प्रतिबद्धता जनाउने अनि काम गर्न आउँदै नआउने,’ कर्णले भन्नुभयो, ‘अब काम गर्नु भएन भने कारबाही गर्छौँ भनेर अन्तिम ताकेता पठाएका छौँ । बैंक ग्यारेन्टी तान्न चिट्ठी लेखेका छौँ । हर्जना लगाएर वा ठेक्का तोडेर त्यो काम अर्कोलाई जिम्मा दिएर भए पनि यो वर्ष काम टु ङ्ग्याउने योजना छ ।’ नयाँ पक्की भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्यचौकीलाई पुरानो कच्ची भवनबाट सार्न सकिएको छैन ।

मङ्सिर २० गते राखाबांदेलमा आयोजित शहीद अनिता गुरुङको शालिक अनावरण कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ समक्ष माओवादी केन्द्र वडा कमिटिले अलपत्र परेको स्वास्थ्यचौकी भवनलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि पहलकदमी गर्न लिखित रुपमा हारगुहार गरेका थिए ।

सामान्यतः बालुवा, सिमेन्ट र इँटाले बनेको पर्खाल बलियो मानिन्छ । पक्की पर्खाल तोड्न ह्याम्मर प्रयोग गर्नुपर्ने हुन्छ तर स्वास्थ्यचौकी राखाबांदेलको भवनको पक्की पर्खाल हातले ठेल्दा भत्किने गरेको छ । क्यूरिङ नगरेका कारण भवनको पर्खाल ठेल्दै भत्किने गरेको स्थानीय बताउँछन् ।

गएको मङ्सिर १७ गते स्थानीय गणेश नाछिरिङले स्वास्थ्यचौकी भवनको पर्खाल ठेलेर लडाउँदै गरेको भिडियो फेसबुकमा पोष्ट गरेर भाइरल बनाएका थिए । बालुवा, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको भवन हातले ठेल्दा भत्किएपछि स्थानीयले गुणस्तरमा प्रश्न उठाउँदै ठेकेदारको आलोचना गरिहेका छन् । स्थानीयले ठेलेर भत्काएको पर्खाल थुप्रिएको देखिन्छ ।

साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबांदेल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्यचौकीको भवन निर्माणको काम शुरु गरिएको थियो । गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको हो । हालसम्म पाँच वटै भवनको कामले पूर्णता पाउन नसकेको कर्णले बताउछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved