डिकेन्द्र बस्नेत, झापा। मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार दिउँसो मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका बिराटनगर ९ का ३३ बर्षीय जिवन तामाङ र खाँदबारी नगरपालिका ७ संखुवासभाका २८ बर्षीय हिरालाल बिश्वकर्मालाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने सोहि दिन मिक्लाजुङ गाउँपालिका ९ का ३० बर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका- ५ का २४ बर्षीय रमेश सिंह लिम्बुलाई १ ग्राम १८ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बिराटनगर १५ बाट प्रतिबन्धित औषधी कोडिवेक कफ सिरफ २ बोतल, निट्रोभेट १० र स्पासमो २४ ट्याप्लेट सहित ईटहरी ४ का ४० बर्षीय खेमराज श्रेष्ठ र ईटहरी ८ का ४६ बर्षीय पंकज सिंहलाई पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा २ का २४ बर्षीय सुरेन्द्र बस्नेतलाई डाईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी सहित शुक्रवार पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
