Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केएमसीमा विश्वकै दुर्लभ कलेजो क्यानसरकाे सफल उपचार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 8, 2023
3 shares

अबिन मेन्याङ्बाे, काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो ।

एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे । ‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दापनि सानो क्यान्सर देखियो ।’ अत्याधिक मादकपदार्थ सेवनले कलेजो पनि विग्रएकोले रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिद्वारा क्यान्सर नष्ट गरिएको भन्दै डा. काफ्लेले भने ।

बिरामीलाई हेपाटाइटिस पोजेटिभ समेत भएकाले उपचार गर्न समेत जोखिम देखिएपनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको जिकीर गरे । ‘१० मिलिमिटर भन्दा साना क्यान्सरको उपचार विश्वमै दुर्लभ मानिन्छ । नेपालको सन्दर्भमा त यो पहिलो दुर्लभ केस हो ।’ डा. काफ्लेले भने ।

अहिले बिरामीको अवस्था राम्रो रहेको छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोली नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरुपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरुमा रहेपनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘हामीले सरकारी अस्पतालहरुमा भन्दा सर्वसुलभ शुल्कमा यो प्रविधिमा क्यान्सर लगायत अन्य घातक राेगहरूको उपचार गरिरहेका छौं ।’ दाहालले भने ।

केएमसीले पछिल्लो समय भित्र्याएका नविनतम उपचार प्रविधिहरुले गजिट प्रकारका रोगका बिरामीहरु लाभान्वित भइरहेका छन् । प्रतिनिधि सभा सांसद, समाजसेवी डा.सुनिलकुमार शर्माले केएमसीको ब्यवस्थापन सम्हालेसँगै अस्पतालका सेवाहरुलाई अत्याधुनिकीकरण गरिएको छ । हाल केएमसीमा जुनसुकै प्रकारका क्यान्सरको उपचार गर्न शल्यक्रिया पद्दतिसँगै किमोथेरापी सेवाहरु उपलब्ध छन् । भने, न्यूरो इन्टरभेन्सन प्रविधिबाट पक्षघात, मस्तिस्कघात भएका, नसा च्यापिएका तथा हाडजोर्नीका गम्भिर राेगहरूकाे सफल उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved