डिकेन्द्र बस्नेत,झापा। झापाको दमकमा न्यु लाईफ गोस्पल चर्च मिनिस्ट्रिज नेपालको आयोजनामा ३ दिने सेमिनार हुने भएको छ।दमक स्थित न्यु लाईफ गोस्पल चर्चमा मंसिर २६ गतेदेखि २८ गते सम्म पास्टर तथा मण्डलीका अगुवाहरुलाई मध्यनजर गर्दे सो सेमिनारको आयोजना गरिएको छ।
सेमिनारको मुख्य प्रसंग ` लिभिङ इन द लास्ट डेज ´ रहेको छ । उक्त कार्यक्रमको वक्ताहरूमा काठमाडौंबाट पास्टर डिके दानियल, ईलामबाट पास्टर तिर्थ कुमार राई र सिलिगुडीबाट पास्टर विजय सुब्बा रहेका छन ।
कार्यक्रमको उदेश्य भनेको पास्टर अगुवाहरुलाई विस्वासमा बलियो बनाउन, परमेस्वरको राज्यमा अल्मलाउने कुराहरु लाई छोडेर परमेस्वरको राज्यमा मन लगाउनुका साथै परमेस्वरको
दाखबारीमा तयारी रहनु पर्ने कार्यक्रम संयोजक पासटर हेमन्त सुब्बाले बताएका छन ।
उनले थप्देै भने पास्टर तथा लिडरहरु सेवा र सिकाउनमा व्यस्त हुन्छन् सो यस कन्फ्रेन्सद्वारा उहाँहरुको लागि क्वालिटि समय हुनेछ जस्मा उहाँहरु ताजा हुनुहनेछ । जसको फलस्वरूप सेवाकाईलाई निरन्तरता दिन बल तथा उत्साह मिल्ने बताएका छन् ।
कार्यक्रममा धनकुटा, दाङ, इटहरी, विर्तामोड, पाँचथर, ईलामको दक्षिणी क्षेत्र, दमक, बेलडाँगी र न्यु लाईफ गोस्पल चर्चबाट गरि करिब १२० जना सहभागि रहने अर्का संयोजन पास्टर महेन्द्र तामाङले बताए ।
