आकाश मगर,उदयपुर। भाईरल मेयर भन्ने बित्तिकै नेपालिको मस्तिस्कमा आउने नाम हो धरान उपमाहानगरपालिकाको मेयर हर्क राई। त्यसै गरि काठमाण्डौ माहानगरपालिकाको मेयर बालेन शाह। यि दुबै मेयर आफ्नै स्वाभाब र प्रकृतिकाछन र आफ्नै प्रकारमा आफ्नो स्थानियतह बनाउन लागि रहेकाछन ।
त्यस्तै उदयपुर जिल्लाको ४ ओटा नगरपालिका र ४ गाउपालिकामा सबै भन्दा परिचित नाम हो लिम्चुङ्बुङ्ग गाउपालिकाको प्रमुख मेजर राई। गाउपालिका प्रमुख राई आफ्नो पालिका बिकाशको निम्ति बिभिन्न नारा र उद्देश्यको साथ अघि बढिरहेकाछन ” जिरो देखि हिरो ,पर्यटनको नयां गन्तब्य उदयपुरको लिम्चुङ्गबुङ्ग ” जस्ता नारा राखेर आफ्नो क्षेत्रलाई पर्यटनको नया गन्तब्य बनाउने र पर्यटनबाट आर्थिक बिकासको सपना बोकेका पालिका प्रमुख राई यति बेला ओहोरात्र आफ्नो दर्शनमा खटिरहेकाछन मंसिर २५ मा एउटै पुस्तामा गाउलाई समृदि बनाउने लिम्चुङ्गबुङ्गको सपनाको माहाअभियानको घोषणाको उट्घाटनमा सबै नागरिकलाई निमन्त्रणा दिदै प्रमुख राईले उदयपुरको ७ ओटा पालिकाका प्रमुखहरुहरु भेटघाट गरेकाछन। राईले पालिका प्रमुखको रुपमा दोस्रो कार्यकाल चलाईरहेकाछन। दक्षिण कोरियाको लोभलाग्दो जिवन र आम्दानिलाई त्यागेर आफ्नो गाउ फर्केका राई सगरमाथालाई बेचेर आफ्नो गाउ समृदि बनाउने दाउमाछन।
लिमचुङ्गबुङ्गको भ्यु टपबाट उत्तरिभेगमा धेरै हिमाल आखांकै अघि जस्तो देखिने र साथै बिश्वकै आग्लो हिमाल सगरमाथालाई पनि राम्रो सङ्ग देखिने भएकोल हिमश्रीङ्खला , सुर्यदय जस्ता दृष्य हेर्नको लागि पर्यटकलाई आकर्षित गरेर आफ्नो पालिकालाई नमुना पालिका बनाउने अठोट उनले राखेकाछन। भिरमा हिराटिप्न बाख्रा पठाउने राईको कुराले बाख्रा तथा पशु पालनमा कृषकलाई प्रोत्साहन गराएर अबको केहि बर्षमा लिम्चुङ्गबुङ्गलाई आत्मा निर्भर, आर्थिक समृदि बोकेको गाउ र पर्यटन उधोगमा नया आयम ल्याउने दर्शन उनले लिएकाछन।
