आकाश मगर, उदयपुर । जिल्ला उदयपुर त्रियुगा न.पा. ०५ दमौटी, सुक्लाई बस्ने बर्ष ६० को श्याम कुमार राई मिति २०८०।०८।१६ गतेबाट हराई बेपत्ता भएकोमा मिति २०८०/०८/१९ गते बिशेष सूचनाको आधारमा प्रचौ लालपत्ता उदयपुरबाट खटिएको टोलीले मृतकको शव निजहरुको घर नजिकै रहेको जंगलमा माटोले पुरी स्याउलाले छोपेको अवस्थामा फेला पारेको थियाे।
तत् पश्चात अनुसन्धान गर्ने क्रममा निजको श्रीमती बर्ष ४० की निर कुमारी रैनीले मिति २०८०।०८।१६ गते अं. १७:०० बजेको समयमा सामान्य घरायसी बिवादको कारण आबेशमा आई घाटी थिची हत्या गरेको तथा निजको छोरा सुरन राईको सहयोगमा जंगलमा लगि खाल्डो खनि पुर्ने कार्यमा संलग्नता रहेको खुल्न आएकोले निजहरू दुवैलाई पक्राउ गरी ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको ।
