Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनप्रतिनिधिको चरित्र हत्या गर्ने कार्य प्रति वडा अध्यक्ष न्यौपानेको गम्भीर ध्यानकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 6, 2023
232

डिकेन्द्र बस्नेत,झापा। युवा ब्यवसायी विन्दु सिटौला(लक्की)ले दमक १को वडा कार्यालय र सोही वडाका जनप्रतिनिधिको विरुद्धमा पत्रकार सम्मेलन गरि चरित्र हत्या गर्ने कार्य प्रति दमक नगर पालिका १ न.वडा अध्यक्ष हरि प्रसाद न्यौपानेले गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।

१ न.वडा कार्यालय दमकले आज वडा कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष न्यौपानेले ब्यवसायी सिटौलाले ब्यवसाय दर्ता गर्न सिफारिस माग गर्दा दिन नमानेको भन्ने भ्रामक भनाई प्रति गभ्भीर ध्यानकर्षण भएको बताएका हुन् ।

सिटौलाको १० कठ्ठा जग्गा साविका लखनपुर गाविस वडान.१ हालको कमल गापा वडा न.५ मा रहेको मालपोत कार्यालय दमकको २०७३ मंसिर १९ गतेको लिखत पारित तत्कालिन लखनपुर गाविस हालको कमल गाउपालिकाको घरवाटो सिफारिस, सम्पत्तिकर तिरेको रसिदको आधारमा दमक १ को क्षेत्रमा नपर्ने देखिएको हुदा ब्यवसायको सिफारिस दिन नसकेको वडाअध्यक्ष न्यौपानेले बताए । नापी कार्यालय दमकलाई यो जग्गा कहाँ पर्छ भनेर लिखित माग पछि नापी कार्यालयले मंसिर ११ गते यो जग्गा मधुमल्लाको ६ ङ मा पर्छ भनी लिखित पत्र पठाएको छ। यो दमक १ मा पर्दैन रतुवा खोला पारी कमलमा पर्छ म ढुक्क छु–वडाअध्यक्ष न्यौपानेले बताए ।

सिटौलाले इको नेपाल इन्फनइस्ट्रक्टर प्रालिको नाममा साविक मधुमल्ला ६(ङ)पर्ने कित्ता न. १६४ को जग्गा मालपोत कार्यालयको श्रेस्ता अभिलेखवाट २०७३ साल मंसिर १९ गतेको मिना राई र केशावती पुरीका नाममा कित्ता काँट भइ सिटौलाको नाममा कित्ता न.१६३ को दक्षिण तर्फ कित्ता न.१६४ कायम भई जग्गा १० कठ्ठा लिखत पारित भएको देखिएको वडा अध्यक्ष न्यौपाने सहितको वडा सदस्यहरु द्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

सिटौलाले ब्यवसाय दर्ता गर्न सिफारिस माग गर्दा वडा अध्यक्ष न्यौपानेले सिफारिस नदिएको भन्दै गत मंसिर १३ गते पत्रकार सम्मेलन गरेकी थिइन । यस जग्गाको विषयमा बुझदा जग्गाधनी सिटौलाले दमक १ न. वडाअध्यक्ष न्यौपानेले शुरुमा बुझेर मात्र सिफारिस दिने बताए पनि पछिल्लो समय घटना क्रम बढ्दै गएपछि प्रतिसोध साधेर ब्यवसायको लागि सिफारिस नदिएको आरोप लगाउँदै आएकी थिइन् ।

गत जेठ ११ गते ख्रिष्ट कोष्ट मण्डलीको नाममा इको नेपाल इन्फाइस्ट्रक्टर सञ्चालन रोक्का दमक नगर प्रमुख राम थापा समक्ष निवेदन परेको र नगर प्रमुख थापाकै सक्रियतामा छलफल भएको तर निकास ननिस्कीएको हुदा सिफारिस दिन नसकेको प्रेस विज्ञप्तमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved