डिकेन्द्र बस्नेत, दमक। सम्भवत झापामै पहिलो पटक दमक ९को वडा कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई चिया खुवाउने ब्यवस्था गरेको छ ।
गत मंसिर १गतेदेखि दमक नगर पालिकाको ९न.वडा कार्यालयले वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई रातो चिया खुवाउने ब्यवस्था गरेको हो ।
दमक ९ नम्बर वडा कार्यालय परिसरमा थर्मेमा रातो चिया र कप राखेको दिएको हुन्छ । चिया खान इच्छुकले आफै थर्मेवाट झिकेर खान पाइने ९न.वडा कार्यालय दमकले जनाएको छ । वडावाट दिइने सेवा लिन आउने वडावासीलाई जाडो मौसममा न्यानो होस भनेर रातो चिया खुवाउने ब्यवस्था गरेको दमक नगर पालिकाको ९न.वडाका वडाअध्यक्ष कुवेर भटराईले बताउनुभयो ।
सेवा लिन आउने दैनिक सरदर २५ जना बढी सेवाग्राहीले वडा कार्यालयमा चिया खाइ रहेको वडाअध्यक्ष भटराईले जानकारी दिनु भयो । मंसिर,पुस र माघ महिना भर वडामा आउने सेवाग्राहीलाई चिया खुवाउने वडा सदस्य नरेश वञ्जराले बताउनु भयो ।
जनसंख्या कार्ड नविकरण लगायतका कामको लागि दमक ९ को वडा कार्यालयमा पुग्दा धेरै पटक चिया खान पाएको सोही वडाका वासिन्दा हाल काठमाण्डौं बस्ने ब्रदी गौतमले बताउनु भयो ।
वडा कार्यालयमा सरकारी सेवा लिदै चिया खादा आनन्दको अनुभति भएको सेवाग्राही गौतमले बताउनु भयो ।
यस्तै दमक ९ को चन्द्र सुर्य टोलकी सुभद्रा थपलियाले वडामा सेवा लिन जाँदा वडा कार्यालयले निशुल्क उपलब्ध गराएको रातो चिया जाडोमा पिउन पाउदा खुशी लागेको बताउनु भयो । जाडोमा सेवा लिन आउने गरीव, विपन्न,आयआर्जन नभएकाहरुको लागि वडा कार्यालयमा चिया खुवाउने ब्यवस्थाले धेरै सहयोग पुग्ने थपलियाको बुझाई छ ।
