अविन मेन्याङ्बाे। क्लियोप्यट्रा इभेन्ट्सले आयोजना गरेको मिस क्लियोप्यट्रा २०२३ को उपाधि सुर्योदय बोर्डिंङ्कि यूरेका घिमिरेले जित्न सफल भएकी छिन भने जुनियर तर्फ चुलाचुली बोर्डिंङ्कि लक्सी श्रेष्ठले जित्न सफल भएकी छिन।
होटल स्वर्गलोकमा भएको कार्यक्रममा यूरेका र लक्सिलाई क्राउन पहिराएर सम्मान गरिएको थियो।
यसै गरि फर्स्ट रनर अपमा सेन्कु पब्लिक स्कुलकी युनिसा राई र सेकेन्ड रनर अपमा चुलाचुली बोर्डिंङ्कि संजिता मगर सफल भएकी छिन।
मिस क्लियोप्यट्रा २०२३को निम्ति २२ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए। उक्त कार्यक्रम मिस आर्टिस्ट्रि सिजन २ कि बिजेता सिम्रन कार्कीले संचालन गरेकी थिइन।
