हिमांशु राय,माेरङ। मोरङको बेलवारी नगरपालिका- १० भाउन्ने जंगल स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
आज बिहान साढे ९ बजे लेटाङबाट लक्ष्मीमार्ग तर्फ आउदै गरेका साइकल यात्री लेटाङ नगरपालिका- ३ का ५३ बर्षीय कमल माझीलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको हो ।
घटना बारे जानकारी पाएसंगै अनुसन्धान तथा कानुनि प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीले घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।