कृष्ण कुँवर, अबुधाबी। यू.ए.ई. को राजधानी अबुधाबीमा रहेको नेपाली नबजागृति मण्डलीमा प्रवाशी नेपाली ख्रीष्टयान् आराधाना (Napalese Overses Christian Fellowship)सम्पन्न भएको छ।
डीसम्बर २ तारिक् (मंसिर १६) शनिवारको दीन् यू.ए.ई. को अबुधाबीमा रहेको नबजागृती मण्डली, सारजाहामा रहेको अशल् गोठालो मण्डली, अल्-ईन् मा रहेको नेपाल बाईबल् संगती र दुबईमा रहेको नयाँ शुरुवात् मण्डलीले संयुक्त रुपमा १९औं आराधाना उत्सब् मनाएका हुन्। बर्षेनी ख्रीष्टमस् -को समय पारेर गरिने सो कार्यक्रम यो बर्ष भनें यू.ए.ई. को राष्ट्रिय दिवस को बिदाको दिन् पारेर गरिएको थियो।
आराधाना हल् केहि परमेश्वरलाई बिश्वाश नगरेका बाहेक् पाँच सय पचास् बिश्वाशीहरुले भरिएको थियो। कार्यक्रम् का मुख्य वक्ता नेपालको हिमालय आराधाना मण्डळी भक्तपुरका पास्टर तथा
बक्ता-एज्रा ईश्वरशास्त्र पाठशालाका (प्रमुख ) शिक्षक्, रेभ. पास्टर- योगेन्द्र थापा थिए। उत्साहका साथ सम्पन्न भएको सो कार्यक्रम् मा सु-समाचारको बचन् पश्चात् सम्झना थापाले ख्रीष्टलाई मुक्तिदाताको रुपमा ग्रहण गरेकी थीईन् भनें- नेपाल बाईबल् संगतीका एल्डर् महेश संजय रसाईली लाई पास्टर अभिषेक् गरिएको थियो।
पहिलो चरणमा आराधाना र बचन्, भोजन् पछि दोस्रोमा- आराधाना,अभिषेक् र बचन्, अन्तिम् चरणमा गीत् र नृत्य गरी तिन् चरणमा कार्यक्रम् सम्पन्न भएको थियो। अबुधाबीको नबजागृती मण्डलीका जीतु गुरुंङको समूहले नृत्य, दुबईको नयाँ शुरुवात् मण्डलीले गीत्, अल-ईन् को नेपाल बाईबल् संगतिले गीत र नृत्य, अशल् गोठालो मण्डली सारजाहले गीत र नृत्य प्रस्तुत् गरेका थिए।
मुख्य विषय-लूका १९:१० किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” भन्ने विषयमा पास्टर योगेन्द्र थापाले दूई चरणमा बोल्दै सु-समाचारलाई केन्द्रमा राखेर प्रचार गरेका थिए। बेथसेदा बाईबल् बिद्यालयका शिक्षक् समेत् रहेका योगेन्द्र थापाले बिश्वाशी उधोग जस्तै उत्पादक् हुनुपर्ने बताए। जस्को कोही छैन,जस्ले एक्लो पनको महशुस् गर्छ त्यस्को साथमा परमेश्वर हुनुहुन्छ। येशू बिनाको जीवन अर्थबिहिन् रित्तो हुन्छ, येशू हाम्रो जीवनमा हुनुपर्छ। सु-समाचार सुन्न मानिसहरु तृषित् छन् तर हामी सेलाएका छौंकी? सु-समाचारको काम् नगर्ने मण्डली मृत मण्डली हो। आफू बाँचेको छ भनें मात्र अरुलाई बचाऊन सक्छ। हामी नामधारी ख्रीष्टयान् र अगुवा हुनुहुन्न। हामीलाई परमेश्वरले प्रयोग गर्नुपर्छ र अरु राष्ट्रले पनि उद्दार पाउनुपर्छ।
आफुले येशूलाई बिश्वाश गर्दा घरबाट निकालिएको, सोर्ह-सत्र बर्षको उमेरदेखी प्रभुको सेवा गर्दा सात् पटक मृत्युको मुखमा पुगेको, कुटाई-पिटाई खाएको तीन् दिन् पानी र कांक्रो मात्र खाएर हींडेको प्रसस्त अनुभव छ तर मसङ्ग कसैले खोस्न नसक्ने शान्ति र आनन्द छ।
सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?- मत्ती १६:२६ हामीले पृथिबीमा प्रभुको सेवा गर्नु सबैभन्दा ठुलो धन् हो। येशू हाम्रो साथ हुनुभयो भने हामी कहिलै रित्तो हुँदैनौ। बहुमूल्य चिजले मुक्ति र शान्ति पाईंदैन त्यसैले हामीले गर्ने काम हामी गरौं प्रभुले गर्ने काम् प्रभु गर्नुहुन्छ। मकैको बीउ छर्ने काम्, गोडमेल् गर्ने काम् किसान् ले गर्छ तर बढाउने मकैको घोगा र दाना फलाउने काम् प्रभुको हो। १ पत्रुस १:१९ तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। त्यसैले सु-समाचार सुनाउँ, किनकी संसार सु-समाचारको पर्खाईमा छ।
येशू मृतक् बाट पुनर्जीवित् हुनुभयो, उहाँ जीवित् हुनुहुन्छ, जो जीवित् छ त्यसले जीवन् दिन्छ। पाप क्षमा धर्मकर्म र बलिदान् ले होईन येशूको बलिदान् ले हुन्छ। हामीले पश्चताप् गरी येशूलाई बिश्वाश गरे अनन्त जीवन छ। हामी बीउ होईन तर फल् फलाउने बीउ हुनु महत्वपूर्ण हो। हामीले महान् आज्ञा पाएका छौं पूरा गरौं। अबशरलाई चिन्न सक्नेले मात्र सफलताको रहस्यलाई बुझ्न सक्छ । अबशर फेरी-फेरी आउँदैन आजको दीन् मेरो लागि, तपाईको लागि हो, पश्चताप गरेर आफ्नो जीवन प्रभुलाई सम्पिदिउँ।अतितको चिन्ता नगर, भुलिदेउ, बितिसकेको कुरालाई सुधार्न सकिन्न। भविष्य बर्तमान्-कालमा नै छ।
रेभ. पास्टर योग्रन्द्र थापाले सेक्सपियर को भनाई लाई उधृत् गर्दै भनें- समयलाई मैले बर्बाद् गरें- अब समयले मलाई बर्बाद् गर्नेछ।
कहिले हँसाउदै, कहिले गम्भिर र भावुक हुँदै त कहिले गीत द्वारा उत्साहित् बनाउदै प्रचार गरिएको सु-समाचारिय बचन् लाई सभाहलमा रहेका बिश्वाशीले उत्सुकतासाथ् सुनिरहेका थिय।
पास्टरले भनें- कुवामा पानी हुँदा कुवाको मान्यता हुन्न तर कुवामा पानी सक्कीय पछि कुवाको महत्व हुन्छ। लक्ष्यबिहिन् यात्रा नगरौं, तपाईसंग समय छैन।
किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। फिलिप्पी १:२१ मैले कष्टमय जीवन भोग्नपर्दैन किनकी म आजनै परमेश्वर कहाँ हुनेछु तर म अझ धेरै बर्ष सु-समाचार सुनाऊन चाहान्छु।
पापबाट छुटकारा दिन परमेश्वरसंग मिलापमा ल्याउन, बलिदानको काम् पूरा गर्न, नरकको दण्ड बाट छुटाउन, आशा बिहिन् लाई आशा दिन, आँखाको आँशु पुछिदिन, मुक्ति दिन,अनन्त जीवन दिन येशू संसारमा आउनुभयो। संसारको धनसम्पत्तिले, कुनैपनी कुराले जीवन बचाऊन, जीवन दिन सक्दैन येशूले मात्र मार्न र बचाऊन सक्नुहुन्छ। प्रेरित ४:१२अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
सेवा र सु-सन्देशको निम्ति उत्प्रेरणा दिंदै पास्टरले बिश्वाशी र अगुवालाई भनें- आँशु नबगाई कहाँ सेवा गर्न सकिन्छ र? परमेश्वरले धर्मका ठेकेदारलाई होईन तर हृदयलाई खोज्नुहुन्छ। अगुवाहरु-
ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु।
तिमीहरूको देखरेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ -१ पत्रुस् ५:१-३ तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।’मर्कुस् १२:३०मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”मर्कुस् १०:४५
सबैजनालाई इंगित् गर्दै पास्टरले भनें- हाम्रो नाजुक् अबस्थालाई परमेश्वरमा राखौं। उहाँले हाम्रो जीवनलाई काम लाग्ने भाँडो बनाउनुहुन्छ। काँडा जस्तो जीवनलाई सुन्दर फूल बनाउनुहुन्छ। परमेश्वरले हामीलाई दण्ड होईन तर इनाम दिन, सिन्दूरे रंगका पाप हरुलाई हिउँ जस्तो बनाईदिन बोलाउनु भएको हो। तपाईहरुलाई दिएको जिम्मेवारी सम्झौता नगरी पूरा गर्नुहोस्। तपाईको निम्ति ईनाम सुरक्षित् राखिएको छ। अनुग्रहलाई पक्रिराखौं। नलत्याउँ, उहाँमा भरोसा राखी अघि बढौं, नैतिकतालाई र पबित्रतालाई कायम राखौं, ठीक प्रकारको कुरालाई खोजौं, ठीक साथी बनाऊँ, आमा-बूवा र अगुवाहरुलाई आदर गरौं, पबित्रताको जीवन जिउने प्रयत्न गरौं, बचनमा निरन्तर लागौं, येशूको देखासिकी गरौं,बिस्वाशलाई अंतिम घडीसम्म नगुमाउँ, उहाँको ईच्छा पूरा गरौं, अनन्तका कुरामा मन् लगाउँ, ईन्साफतिर होईन ईनाम्-मा मन् लगाऊँ, प्रभुको सेवा निरन्तर गर्दै जाऊँ येशू आजको उद्धारकर्ता भोलिको न्यायकर्ता हुनुहुन्छ। ईनाम पाउने या दण्ड पाउने तपाईंको हातमा छ ।
पास्टर योगेन्द्र थापाले सु-समाचारको महत्वलाई प्रकाश पार्दै ख्रीष्टयान् जीवन कथा होईन ईतिहास् बोक्ने जीवन हुनुपर्छ भन्दै उपस्थित् सबैलाई उत्साह र कार्यक्रम सफल् भएकोमा सबैलाई बधाई तथा धन्यवाद दिएका थिए।
एन.ओ.सी.एफ. १९ को कार्यक्रममा यू.ए.ई. का धेरै बिश्वाशी हरुको उपस्थिती थियो भनें, एन.आर.एन.सी. मण्डली अबुधाबीका पास्टर तथा एन.ओ.सी.एफ. का उपाद्यक्ष गोपाल पुलामी, पास्टर सोम के.सी.पास्टर सुनील थापा, पास्टर उज्जल गदाल् , एल्डर कमल थापा- डिकन्,राज् पुन्, संजय परियार, सन्तोष सुब्बा, तेजिंग लामा, अशल गोठालो मण्डळी सारजाहका पास्टर तथा एन.ओ. सी. एफ.का अद्यक्ष नेत्र बोहरा, पास्टर मणी राई नेपाल बाईबल संगति अल-इनका पास्टर पीटर गुरुंङ, बिष्णु तमाङ, नयाँ शुरुवात मण्डलीका रोशन् गिरी लगायत अन्य मण्डलिका पास्टर अगुवाहरुको पनि उपस्थिति रहेको थियो एकले अर्कालाई उत्साह र शुभकामना आदान् -प्रदान गरिरहेका थिए।
