कृष्ण कुँवर,अबुधाबी। पोर्चुगल मा मृत्यु भएका पर्बत कुष्मा १३ खौला का धन् बहादुर क्षेत्रिको परिवारलाई अन्तराष्ट्रीय पर्वत समाज लगायत उक्त संस्थामा आबद्द सदस्यहरुले पचास् हजार सहयोग गरेका छन्।
पर्बत समाजले स्व.धन वहादुर क्षेत्रीको घरमा पुगि उक्त वडाका वडा अध्यक्ष तेज प्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाको रोहवरमा अन्तराष्ट्रिय पर्वत समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष परशुराम पौडेल, कोषाध्यक्ष तिलक सापकोटा, मध्येपुर्व संयोजक राम शर्मा, सदस्य सेवक विश्वकर्मा, सदस्य रमेशराज जैसि तथा पर्वत समाज जापानका महासचिव राम बास्तोलाको उपस्थितिमा भेटी तथा कृया खर्च स्वरुप नेपाली रुपैयाँ पचास हजार हस्तान्तरण गरेको हो।
