काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मिसन ८४ अभियान चलाइरहेका छन् । मेयर बालेनको अभिव्यक्ति सभापति लामिछाने लक्षित रहेको कतिपयको आँकलन छ ।
उनले लेखेका छन्, ‘देश बन्छ , तिमीहरुको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’
