माेरङ। आन्तरिक बिषय बस्तुहरुलाई लिएर केही ब्यक्तिबाट आफ्नाे चरित्र हत्या गर्ने मनसायले अनर्गलबाजि सहितकाे कुरा भजाउन थालेकाे भन्दै राष्ट्रिय प्रार्थना अभियान नेपालका मोरङ जिल्ला अध्यक्ष रायले विज्ञप्ति जारि गरेका छन्।
संगतिको बिषयलाई लिएर केही ब्याक्तीहरु बाट विभिन्न अनर्गल गलत प्रचार प्रसार र विशेषत (SDA CHURCH) Seventh day adventist church संग आवद्ध रहि रुपैयाँ पैशाको मोहमा परेर सेवासंगति शुरु गरेको र झुठा शिक्षालाई अंगालेको भन्ने जस्ता भ्रमपुर्ण कुराहरु फैलाएको देखियाे जाे मिथ्या कुराहरु सत्य तथ्यमा आधारित नभएको भन्ने विज्ञप्तिमा जनाइएकाे छ।
प्रेस विज्ञप्ति
मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नम्वर ११ मा स्थायी बसोबास गर्दै आईरहेको बर्ष ४४ (ना.प्र.प.१४८५७- मोरङ) को म हिमांशु राय ले २०५३ पुस २९ गते प्रभुयेशु ख्रीष्ट लाई आफ्नो मुक्तिदाता र उद्धारकर्ताको रूपमा स्वविवेकले स्वीकार गरि पिता,पुत्र र पवित्र आत्माको नाउँमा पानीको वप्तिस्मा लिएपछी २०६६ सालमा पवित्र विवाह समेत वरदान ई.सि. चर्चमा रेभरेण्ड पुर्ण थापा मगर ज्यु कै बाहुली बाट लिने सु अवशर प्राप्त गरेको हुँ।
र यसरी निरन्तर आज सम्म स्वतन्त्र रहेर त्रिएक परमेश्वरको विश्वासको सारको जग बाट पेन्टिकोष्टलीय सिद्धान्तमा स्वतन्त्र रुपले परमेश्वरको सेवा संगति गर्दै आईरहेको पनि आज लगभग २६/२७ बर्ष समय भईसकेको छ।
मेरो पारिवारिक पृष्ठभूमिलाई हेर्दा पनि हाल सम्म सबैले प्रभुयेशु ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा अंगाली प्रभुकै सेवासंगतिमा अघि बढिरहेकाछन्।
म हाल विभिन्न इसाई संघ संस्था र आफ्नै मण्डलीमा स्वतन्त्र रुपले एक अगुवाको जिम्मेवारीमा रहेर सेवा संगति गरिरहेको अवस्थामा एक्कासी बजारमा मेरो सेवा संगतिको बिषयलाई लिएर केही ब्याक्तीहरु बाट विभिन्न अनर्गल गलत प्रचार प्रसार र विशेषत (SDA CHURCH) Seventh day adventist church संग आवद्ध रहि रुपैयाँ पैशाको मोहमा परेर सेवासंगति शुरु गरेको र झुठा शिक्षालाई अंगालेको भन्ने जस्ता भ्रमपुर्ण कुराहरु फैलाएको हुदाँ यी मिथ्या कुराहरु सत्य तथ्यमा आधारित नभएको हुदाँ मलाई यसकुराले हृदयमा गहिरो आघात पुर्याएकोले यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
यस्ता सत्य तथ्य नभएको आधारहिन कुरा बजारमा छरेर भ्रमको खेती नगर्न समेत संम्वन्धित ब्याक्तिहरु लाई म कडा चतावनी दिदँछु। मेरो विषयमा जान्ने बुझ्ने समस्त अग्रज प्रभुका दास सन्तगणजन हरुमा मेरो सेवाकाईको विषय लाई लिएर कुनै पनि गलत धारणा नबनाईदिनहुन पनि यहाँहरु समक्ष म विनम्र अनुरोध गर्दछु।
नेपाली इसाई जगतको वृद्धि विकाश उत्थान र प्रभुको राज्य विस्तारमा हाल सम्म आफू विभिन्न सामाजिक संघ संस्थाहरु र सेवाकाईको क्षेत्र बाट क्रियाशिल रहदै आईरहेको र आगामी दिनहरुमा समेत मेरो क्षमताले भ्याए सम्म सदैव सकरात्मक,रचनात्मक कार्यहरु सम्पादन गर्न हर तवरले लागिपरिरहने प्रतिवद्घता समेत यसै विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहान्छु।
अत: विगत लामो समय देखि म आफू स्वतन्त्र रुपले सेवासंगति गर्दै आईरहेको र सेवासंगतिको विषयलाई लिएर नेपाली इसाई जगतमा मेरो आज सम्म कुनै पनि चारित्रीक नकारात्मक गतिविधिहरु कँहि कतै र कोहि कसै संग कुनै प्रकारको भैरभाव,आरोप प्रत्यारोप तथा कुनै प्रकारको गुनासो समेत नरहेको पनि जानकारी गराउन चाहान्छु।
आफुभन्दा अग्रजहरुको मार्ग निर्देशनमा रहि बाइबलिय सत्य शिक्षा र सिद्धान्त लाई मुख्य केन्द्र विन्दु बनाएर आज सम्म नैतिक चरित्र प्रर्दशन,पारर्दर्शिता र शुद्ध जीवन यापन लाई आफ्नो जीवनको प्रमुख आधार बनाई जीवन यापन गरिरहेको छु।
त्यसैले यस्ता झुठा र भ्रमपुर्ण कुराहरुमा परेर म प्रती शंका वा कुनै प्रकारको गलत प्रचारवाजी नगर्न म सम्वन्धित पक्षहरु संग विनम्र अनुरोध समेत गर्दछु।
यसरी आफ्नो अवस्थाको बारेमा प्रेस विज्ञप्ति मार्फत प्रस्ट कुराहरु राख्दा राख्दै पनि मलाई ब्याक्तिगत रुपले
मेरो चरित्रहत्या गर्ने साथै अस्तित्व माथी धावा बोल्ने तुच्छ र निन्दनीय गतिविधि र क्रियाकलापहरु नरोकिए बाध्य भएर कानुनी उपचार लगायत आफ्नो अस्तित्व रक्षाको लागि अन्य उपाय एंव विधि खोज्न र अपनाउन समेत आफू बाध्य हुने कुरा पनि यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छु।
मैले कोहिकसैको बारेमा केही भन्नू छैन मैले आफ्नै बारेमा भन्ने हो र त्यो मैले विज्ञप्ति मार्फत भन्नैपर्ने भएर आज सबै सामु विज्ञपति जारी गरेको हुँ।
त्यसैले मैले जानेर अथवा अन्जानमा कुनै कारणवश कहिकतै कोहि कसैलाई कुनै असर पर्ने काम गरेको छैन यदि भुलवश कसैको चोट पुगेको भए दुईहात जोडी क्षमा याचना गर्दै विदा हुन चाहान्छु।धन्यवाद।।
(अध्यक्ष)
अ. हिमांशु राय
राष्ट्रिय प्रार्थना अभियान नेपाल मोरङ जिल्ला
सम्पर्क फोन :-(९८१६३८५३३१)
