Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राउटे समुदायको गुनासो – पत्रकारले धेरै दु:ख दिन्छन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2021
2.4K

कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले नराम्रा भिडियो खिच्न आउनेहरुले आफूहरुलाई दुःख दिएको बताएका छन् । सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको फिरन्ते जाति राउटे समुदायका अगुवाहरुले विभिन्न वहानामा भिडियो फोटो खिच्नेहरुले आफूहरुलाई दुःख दिएको बताएका हुन् ।

राउटे समुदायका युवा सोविन शाहीले बाहिरका मान्छेहरु आएर तिम्रा दिदीबहिनीहरु कहाँ छन् भन्दै सोध्ने गरेको बताए। ‘बाहिरका मान्छे बस्तीमा आएर भिडियो खिच्छन्, नराम्रो नराम्रो बोल्न लगाउँछन् त्यो हामीलाई मन पर्दैन ,’उनले भने। बस्तीमा राम्रो मान्छेहरु पनि आउने गरेको सोविन बताउँछन् । ‘हामीलाई चामल, दाल, तेल कपडा लिएर सहयोग गर्न आउने मान्छेहरु देखेर खुसी लाग्छ तर, टिकटक बनाउने, नराम्रो बोली बोल्न लगाएर भिडियो खिच्नेहरुले हामीलाई दुःख दिएँ,’ उनले भने।

सोविनले बाहिरका मान्छेलाई आफूहरुको बस्तीमा आउन बन्देज गरिदिनका लागि प्रहरी पठाइदिन आग्रह समेत गरेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले नचिनेको मान्छेहरु बस्तीमा आएर आफूहरुलाई दुःख दिइरहेको बताए । उनले भने, ‘पहिला पहिला हाम्रो बस्तीमा कोही पनि आउँदैनथ्यो, अहिले नचिनेको मान्छेहरु आउँछ, मेरो जनतासँग नराम्रो व्यवहार गर्छ, त्यो हामीलाई चित्त बुझेको छैन् ।’ मुखिया शाहीले आफूहरु बसिरहेको बस्तीमा नराम्रो भिडियो, फोटो खिच्न आउनेहरुलाई बन्देज लगाउन सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय युट्युवका लागि भिडियो खिच्ने, टिकटक बनाउने नाममा निर्वाध रुपमा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराएर अस्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका अस्लिल कामहरु गर्ने गरेका छन् । खुलेयाम राउटे बस्तीमा प्रवेश गरेर युट्युव, टिकटकका लागि अश्लिल भिडियो बनाउनेहरुबाटै राउटे युवतीहरु यौन दुव्र्यवहारको सिकार बन्न थालेका छन् ।

हालै समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार बनेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका -११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा थुनेर दुव्र्यवहार गरेको खुलेको हो । गुर्भाकोटका स्थानीय युवाहरूले यौन दुव्र्यवहार गरेका हुन् । युवाहरुले दुव्र्यवहारसँगै ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।

गत शनिबार उक्त भिडियो सार्वजनिक भएपछि सुर्खेत प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले स्थानीय शुभकामना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय चमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर लट्ठ पारी यौन दुव्र्यवहार गरेको भिडियोमा देखिन्छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

राउटे युवतीहरुलाई यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई घटनाको गहन अनुसन्धान गरी कडा कारबाही गर्न सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाहरुले माग गरेका छन् । गुराँस गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

राउटे नागरिकहरु दैलेखको गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । यद्धपी उनिहरु दैलेख तथा सुर्खेतका विभिन्न जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका छन् । राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान ग¥यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । अहिले राउटे समुदायको जनसंख्या एक सय ४५ छ ।

source: annapurnapost.com/ हिक्कमत् नेपाली

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved