काठमाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट ‘धर्मगुरू’ भनिने आचार्य श्रीनिवासमाथि मुद्दा चलाउने तयारी गरेको छ । दुर्गा प्रसाईं पक्षले सोमबार गौशाला क्षेत्रमा गरेको प्रदर्शनमा उनी पक्राउ परेका । उक्त प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए।
प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो।
आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए। उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै उनीमाथि मुद्दा चलाउने तयारी गरिएको हो।
यसअघि नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो।
