उदयपुर। उदयपुर जिल्लाको त्रीयुगा खोलामा बिजुलिको करेन्ट लगाएर माछा मार्नेहरु दिन प्रतिदिन बढ्न थालेकोछ। त्रीयुगा नगरपालिका वडा नम्बर ७ मा रहेको त्रीयुगा खोलामा दिनहु जसो करेन्ट लगाएर माछा मार्दा सम्बन्धित निकाय भने मौन बसेकोछ ।
करेन्ट लगाएर माछा मार्दा बिगतमा केहि ब्यक्तिको ज्यान गएको भएता पनि मानिसहरुले मेन लाईनबाट करेन्ट लाउन छोडेकाछैनन। श्रोतका अनुसार २-३ पटक प्रहरिले तार जफत गरेर छोडेको भएता पनि बिधुत प्राधिकरणले खोलामा भैरहेको चुहावटलाई रोक्न अहिले सम्म कुनै कदम चालेकोछैन ।
बन क्षेत्रमा रहेको त्रीयुगा नदिमा अप्राकृतिक तरिकाले करेन्ट लगाएर माछा मार्दा प्राकृतिक चक्रमा समेत ठुलो असर पार्ने र माछाको प्रजननमा समेत समस्या बनाउने हुदा समेत जिल्ला बनकार्यलय र सामुदायिक बनहरुले समेत अबैधानिक तरिकाले करेन्ट लगाएर माछा मार्नेहरुलाई कार्बाहि गर्न सकेकोछैन जसकार नदिमा पाईने जिबहरु संकष्टमा पर्नुको साथै करेन्ट लगाउदा पशु चौपायले पानी खुवाउन साथै मानिसको अशुरक्षा समेत दिनप्रति बढिरहेकोछ।
