Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ज्योति मण्डली दमक ५०औं वर्षमा प्रवेश, विहिबार स्वर्ण महोत्सव मनाउने तयारीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2023
[webverse_shares]

डिकेन्द्र बस्नेत, झापा/ स्थापना भएको ५०औं वर्षको सुअवसरमा झापाको दमक–५ मा अवस्थित ज्योति चर्चले यहि विहिबार (१४ मंसिर) का दिन विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव मनाउने तयार गरिरहेको छ ।

ईसाई धर्मावलम्बीहरुको पुरानो इतिहास बोकेको दमकस्थित ज्योति चर्चले स्वर्ण महोत्सवमा धार्मीक प्रवचन, चर्चका संस्थापक अध्यक्ष लगायत पदाधिकार र सदस्यहरुलाई मानसम्मान, स्मारिका प्रकाशन, शुभकामना आदानप्रदान र मनोरञ्जात्मक गीतसंगीत र नृत्य प्रस्तुत हुने कार्यक्रम रहेको जनाएको छ ।

ज्योति चर्चका अध्यक्ष समेत रहनुभएका इसाई धर्मालम्बीहरुका अग्रज व्याक्तित्व पाष्टर मुक्ति किराती थुलुङको अध्यक्षतामा र एन.सी.एफ.एन केन्द्रीय अध्यक्ष रेभ.पा सूर्य बल तामाङ (हनोक तामाङ) को प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव सम्पन्न हुने भएको छ ।

सो चर्चका उपाध्यक्ष पाष्टर अजय पाठकका अनुसार स्वर्ण महोत्सव समारोहमा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना प्रसाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामा, दमक ५ का वार्ड अध्यक्ष इन्द्रवहादुर गुरुङ, वडाका जनप्रतिनिधिहरु, दमक नगर इसाई समाजका अध्यक्ष लगायत पदाधिकारी, सदस्यहरु, विभिन्न जिल्लाका इसाई अगुवा व्याक्तित्वहरु र सञ्चारकर्मीहरुलाई निम्तो गरिएको छ ।

चर्चका एल्डर पुणय प्रसाद उप्रेतीले दमक–५ मा अवस्थित ज्योति चर्च मण्डलीमा आयोजना गरिएको स्वर्ण महोत्सवलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको र सोही जिम्मेवारी बमोजिम कार्य सम्पादन भइरहेको जानकारुी दिनुभयो । स्वर्ण महोत्सवमा प्रमुख बक्ताका रुपमा प्रमुख अतिथि समेत रहनुभएका एन.सी.एफ.एनका केन्द्रीय अध्यक्ष रेभ.पाष्टर हनोक तामाङद्धारा हुने एल्डर उप्रेतीले बताउनुभयो ।

चर्चका सचिवले झापाकै पुरानो मण्डलीको रुपमा स्थापित दमकको ज्योति चर्च मण्डली ५०औं वर्षमा प्रवेश गरेको अवसरमा कोशी प्रदेशभरीका इसाई धर्मालम्बीहरुको उपस्थितिमा स्वर्ण महोत्सव सम्पन्न गर्न लागिएको बताउनुभयो ।

वहाँले २०३० सालमा स्थापना भएको ज्योति चर्चले ५०औं वर्षसम्म आइपुग्दा अनेकौ दुःख र सुखका अनुभूतिहरु बटुल्दै आएको स्मरण गर्नुभयो । सो चर्चका सचिव हस्दाले यतिका लामो इतिहास बोकेको मण्डलीले मंसिर १४ गते विहिबारका दिन ५०औं वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारीमा जुटिरहन पाउँदा हामी इसाई धर्लमावम्बीहरु हर्षित र उत्साहित भएका छौं ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved