कृष्ण कुँवर, अबुधाबी। प्रधानमन्त्री पुष्पकमल दाहाल् प्रचण्ड जलवायु परिवर्तन सम्मेलन् को-अप २८ (COP28)मा सहभागी हुन २९ तारिख (मंशिर १३ गते बुधवार) यु.ए.ई. आउने भएका छन्।
नेपाली दुताबास आबुधाबीका अनुसार प्रधानमंत्रीले अबुधाबीमा ३० तारिक बिहीबार दिउँसो१२बजे देखी ३ बजे सम्म होटल सेराटन् मा नेपाली संघ संस्था सङ्ग प्रतिनिधिमुलक् भेट्घाट् गर्ने भएका छन्।
सोहि दिन् नेपाली दुतावास ( ३० नोभेम्बर )मा बिहान ८ बजे देखि दिउसो १२ बजे सम्म मात्र खुल्ने जानकारी दुतावासले गराएको छ।
