Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उदयपुरमा स्कुलबस दुर्घटना थप अपडेट : ३ को निधन, १४ को उपचार जारी, २२ उपचार पछि घर फर्के

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2023
[webverse_shares]

आकाश मगर,उदयपुर। अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्।

गम्भीर १३ जनाको विराटनगरस्थित न्युरो अस्पताल र १ को जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ। घाइतेहरू सबैको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

त्रियुगा नगरपालिका ५ देउरी जलजलेस्थित अन्नपूर्ण बोर्डिङबाट अभिभावक र विद्यार्थी बोकेर पिकनिक खान गएको प्र १–०५–००१ ख ००४४ नम्बरको बस शनिवार फर्कने क्रममा जिल्लाको उदयपुरगढी गाउँपालिका ७ जोगीनीटोलस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनामा परेको थियो।

घुम्तीमा अनियन्त्रित भई सडकमुनि खसेर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका ६ का ४० वर्षीय भिखन चौधरी, ७ वर्षीय सोनिया चौधरी र ११ वर्षीय विकास चौधरीको निधन भएको थियो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक लोकबहादुर दियालीका अनुसार ३९ जना यात्रु सवार बस दुर्घटनाका घाइते ३९ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। जसमध्ये चालकसहित ३ जनाको निधन भएको हो।

त्यहाँ उपचार सम्भव नभएपछि अन्य १३ जना गम्भीरलाई पनि रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ४ अभिभावक र बाँकी विद्यार्थी बालबालिका रहेका छन्।

दुर्घटनामा परी त्रिनपा ६ का ६ वर्षीय सुरज चौधरी, १३ वर्षीय टप्पी परियार, १८ वर्षीय अनु चौधरी, १५ वर्षीय सदिक्षा चौधरी, ९ वर्षीय आर्यन चौधरी घाइते छन्।

त्यस्तै घाइते हुनेहरूमा १५ वर्षीय अनिशा चौधरी, ६ वर्षीय कल्पना चौधरी, १८ वर्षीय नारायण चौधरी, ३ वर्षीय रबिना चौधरी, १० वर्षीय गुयल चौधरी ११ वर्षीय अनुष्का चौधरी, १२ वर्षीय स्वस्तिका चौधरी, ११ वर्षीय अनुष्का दास, १७ वर्षीय चाँदनी चौधरी, १८ वर्षीय नारायण चौधरी छन्।

त्यस्तै रोशन चौधरी ९, राम चौधरी ९, सोमिया चौधरी ७, शङ्कर चौधरी ११, गङ्गा चौधरी १२, आशिका चौधरी १४, विशाल चौधरी १४, आशिष चौधरी १७, रामानन्द चौधरी ३० र नरेश चौधरी १८ वर्षका रहेको प्रहरीले जनाएको छ।

अभिभावकहरु ४० वर्षीय रामप्रसाद चौधरी, ३८ वर्षीय अरुण चौधरी र ३५ वर्षीय सत्यनारायण चौधरी पनि घाइते छन्। जसमध्ये गम्भीर चण्डिका चौधरी, सत्यनारायण चौधरी, अनुष्का दास, स्वस्तिका चौधरी, रोहित चौधरी, राम चौधरी, सिद्धार्थ चौधरी, प्रेम चौधरी, गङगा चौधरीलगायतलाई रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन्।

अप्रिय घट्नाले विद्यालय परिवार शोकमग्न भएको छ भने पुरै देउरी जलजले गाउँ शोकाकुल भएको छ। प्रायः सबैजसो चौधरी परिवारका विद्यार्थी परेकाले विशेष गरी थारु बस्ती शोकले थिलथिलो हुन पुगेको छ।

यसैबीच दुर्घटनामा परी निधन भएका ३ जनाको शव पोष्टमार्टमका लागि आज बिहान जिल्ला अस्पताल उदयपुरल्याइएको छ। गम्भीर घाइते भएर रिफर भएका उनीहरूको विराटनगर लाने क्रममा शनिवार दिउँसो बाटोमै निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved