Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकार अनिलकुमार गुप्तामाथि कारबाहीको सिफारिस ,पत्रकार एकराज दाहाललाई तीन महिना निलम्बनको सिफारिस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2023
[webverse_shares]

राजेश भण्डारी,काठमाडौँ । पत्रकार बनाएर कोरियामा मानव तस्करी गर्ने प्रकरणमा जोडिएका पत्रकार अनिलकुमार गुप्तामाथि कारबाहीको सिफारिस भएको छ । कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुधबार प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो ।

बुधबार समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ लेखा समिति संयोजक लेखनाथ न्यौपानेले महासंघका अध्यक्ष विपुल पोख्रेललाई छानबिन प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदन बुझ्दै अध्यक्ष पोख्रेलले पत्रकार जोडिएको विषयमा समितिबाट आएको सुझाव सहितको प्रतिवेदन महासंघको लागि महत्त्वपूर्ण रहने बताए । उनले मानव तस्करी प्रकरणमा दोषी देखिएका महासंघका सदस्यमाथि तत्काल कारबाही अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

समितिका संयोजक लेखनाथ न्यौपानेले मानव तस्करी प्रकरणमा पत्रकार जोडिएको विषयलाई गम्भीरताका साथ लिएर सत्यतथ्य अध्ययन गरी छानबिन प्रतिवेदन तयार पारिएको बताए ।

छानबिन प्रतिवेदनमा गैर पत्रकारलाई पत्रकार बनाएर १५ लाख रुपैयाँ लिई कोरियामा पठाउने भन्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य तथा उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य एवं गोलमेच पत्रिकाका तत्कालीन सम्वाददाता अनिलकुमार गुप्तालाई यस प्रकरणमा अन्तिम टुङ्गो लाएर सफाइ नपाएसम्मका लागि साधारण सदस्यता समेत नरहने गरी सदस्यता खारेजीको सिफारिस गरिएको छ ।

त्यसैगरी गैर पत्रकारलाई पत्रकार हो भन्दै सिफारिस दिने, नलेखेको समाचार लेखेको हो भन्दै बाइलाइनमा छापिदिने र कोरिया जान सिफारिस दिने नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका पार्षद तथा गोलमेच साप्ताहिकका प्रकाशक तथा सम्पादक एकराज दाहाललाई २०८० मंसिर ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि साधारण सदस्यताबाट समेत निलम्बन गर्न सिफारिस गरिएको छ ।

त्यसैगरी गैर पत्रकारलाई पत्रकार हो भन्दै सदस्यता नै नरहेको काठमाडौँ शाखाबाट सिफारिस दिने काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीलाई पदीय मर्यादा कायम गर्न र आफ्नो जिम्मेवारी बुझेर काम गर्न तथा गराउन सचेत गराउने निर्देशन दिन सिफारिस गरिएको छ ।

समितिले पत्रकारका लागि सिफारिस गर्दा के कस्ता विषय र कुन निकायले कसरी सिफारिस गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउन सिफारिस गरिएको छ । त्यस्तै पत्रकारहरुलाई प्रेस पास वितरण गर्नेगरी जारी गरिएको छापाखाना तथा प्रकाशन ऐन २०४८ समयानुकूल परिवर्तन गरी प्रेस पासका लागि शैक्षिक योग्यतामा कम्तीमा स्नातक सहित केही कडाइका प्रावधान राख्नका लागि महासंघले सम्बन्धित निकायमा लबिङ गर्नसमेत सिफारिस गरिएको छ ।

पत्रकार बनाएर कोरियामा मानव तस्करी गर्न लागिएको बारे रातोपाटीमा समाचार प्रकाशन भएपछि नेपाल पत्रकार महासंघले छानबिनका लागि समिति बनाएको थियो । नेपाल पत्रकार महासंघले उक्त प्रकरणको छानबिनका लागि महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेको छानबिन समिति २०८० असोज १९ गते गठन गरेको थियो । सोही समितिले बुधबार महासंघको केन्द्रीय अध्यक्षलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा पत्रकारसमेत रहेका अनिलकुमार गुप्ताले पैसा लिएर कोरियामा मानव तस्करी गर्न लागेको पुष्टि भएको, गोलमेचका सम्पादक समेतको मिलोमतो रहेको पाइएको उल्लेख छ ।

याे सामग्री राताेपाटीडट कमबाट जस्ताकाे तस्तै साभार गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved