Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चिहानमा गइसकेको राजसंस्था बोक्ने दुर्गा प्रसाईंबाट लघुवित्तिय समस्यहल असम्भव: अध्यक्ष ज्ञवाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 21, 2023
6 shares
काठमाडौँ । ‘लघुवित्तिय संस्थाविरुद्धको सङ्घर्ष समिति’का अध्यक्ष मनिराम ज्ञवालीले अभियन्ता दुर्गा  राजसंस्थाको मुद्दा  त्याग्न तयार भए आफूहरु उनीसँग सहकार्य गर्ने बताएक छन् । मंगलबार राजधानीको संवाद डबलीमा सङ्घर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष  ज्ञवालीले राजतन्त्रको मुद्दा  बोक्ने प्रसाईँबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवा समेत गरेका छन् ।
अध्यक्ष ज्ञवालीले २०४२ सालमा राजतन्त्रले खुल्ला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा आर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन् बिग्रने जिकिर गरे । बैङ्क, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईको द्वैद चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ । आफूहरूले प्रसाईँले उठाएका राजतन्त्र बाहेकको वित्तीय अराजकता विरोधीे मुद्दालाई  समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताउँदै भने,“दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्दा  त्यागेर आउनुस् भोलिबाटै  हामी हातेमालो गर्न तयार छौँ, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।”अहिलेको गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने,“राजन्त्रफालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यही आन्दोलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ ।”

सो सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरुको नारा बेचेर प्रसाईँले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै अक्रोश व्यक्त गरे ।आफूहरूले २२ महिनादेखि आन्दोलन गर्दै आएको मुद्दा उठाएर प्रसाईँले  सङ्घर्षलाई डाइभर्ट गर्न लागेको आरोप लगाउँदै भने,“ठूलो त्याग गरेर सामान्ति राजतन्त्रफल्यौं पुनः त्यसैको पुन स्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै वितण्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन ।”

सो सङ्घर्ष समिति सुदूरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईले आफूहरुको र दूर्गा प्रसाईको आन्दोलनमा आकास–पातालको अन्तर रहेको धारणा राखे ।

चौलागाईले सरकारले वित्तीय माफियाहरूलाई कारबाही गर्न नसके आफूहरूले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए ।
कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तिय संस्थाहरुको अराजकता गाउँ गाउँ पुगेर उठिबास लगाउ नथालेकाले सरकारले छिटो भन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।

समितिका विदेश विभाग प्रमुख गगनबहादुर विकले देशमा लघुवित्तहरुको ज्यादतीको कारण हजारौँ दिदी–बहिनीहरू विदेश गएर झन् दुःख पाइरहेकोले अब विदेशबाट पनि झिकाएर सङ्घर्ष गर्ने चेतावनी दिए ।

केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।

संघर्षका कार्यक्रमहरुः

१) २०८० मंसिर ५ गते काठमाडौँ लगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन ।

२) २०८० मंसिर १५गतेदेखि देशव्यापी रुपमा विरोध प्रदर्शन जारी राख्ने ।

३) २०८० मंसिर २६ गते राष्ट्र बैङ्क केन्द्रित आन्दोलन,प्रदेश सममेलन सहित सुदुर पश्चिमबाट सुरु गर्ने ।

४) २०८० पुस ३ गते कर्णाली प्रदेश ।

५)२०८० पुस ८गते लुम्बिनी प्रदेश ।

६)२०८० पुस १३गते गण्डकी प्रदेश ।

७)२०८० पुस १७गते बागमती प्रदेश ।

८)२०८० पुस २४गते मधेश प्रदेश ।

९)२०८० माघ ७गते कोशी प्रदेश ।

१०)२०८० माघ १६ र १७गते राष्ट्रिय सम्मेलन ।

११) २०८० फागुन १गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved