Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साेसल मिडिया प्रयाेगकर्ताहरुलाई भिपिएनबारे सजग गराउँदै खाेटाङ प्रहरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 18, 2023
174

काठमाडौं। जिल्ला प्रहरी कार्यालय खोटाङले सामाजिक संजालमा सूचना जारी गर्दै ( VPN ) प्रयोग गर्दा सावधान रहन सबै साेसल मिडिया प्रयाेग कर्ताहरुमा अनुरोध गरेको छ। ( VPN ) प्रयोग गरिएकाे उपकरणमा रहेकाे अन्य सामाजिक संजालकाे खाताहरु र बैंकिङ सूचनाहरु समेत चोरी हुनसक्ने र यस्ता किसिमको अपराधको अनुसन्धान प्रक्रिया  जटिल हुने हुनाले  सबैले सञ्जाल प्रयाेग गर्दा सजकता अपनाउन भनिएको छ।
( VPN ) के हो ? जोखिम कस्ताे छ? 

नेपाल सरकारले सामाजिक सञ्जाल ( TIK ToK ) प्रतिबन्ध गरेपछि अहिले धेरैले सुनेको शब्द हो ( VPN ) मन्त्रिपरिषदले ( TIKTOK ) बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर ( TIK TOK ) प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएकाे थियाे ।
त्यस लगत्तै नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायक कमपनिहरुले आफ्नाे ग्राहकले ( TIK TOK ) चलाउन नमिल्ने बनाए । तर केही प्रयोगकर्ताले ( VPN ) प्रयोग गरेर ( TIK TOK ) चलाइरहेका छन् ।

के हो VPN ?     

( Virtual Private Network ) अर्थात् ( VPN ) हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा पुलको काम गरिदिन्छ ।
सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं । तर VPN ले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ ।

अधिकांश ( VPN ) कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएकाे भए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि ( VPN ) प्रयोग गरिन्छ । यसका लागि हामी कुनै ( VPN ) निःशुल्क प्रयोग गरिरहेका हुन्छौं भने कुनै पैसा तिरेर ।

( VPN ) कति सुरक्षित छ त ?
साइबर सुरक्षा विज्ञका अनुसार साधारणतया ( VPN ) सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिन्छ । तर निःशुल्क प्रयोग गर्न मिल्ने ( VPN )को साट्टा पैसा तिरेर प्रयोग गर्न मिल्ने ( VPN )हरू सुरक्षित हुने  उनीहरुको भनाइ छ ।

निःशुल्क पाइने सबै ( VPN )हरू सुरक्षित हुँदैन । सित्तैमा पाइने ( VPN )बाट Ransomware virus हरू पनि डाउनलोड हुन्छ । यसले ( VPN ) बाट चलाउने सबै नेकवर्कमा असर गर्न सक्छ ।

( VPN ) लाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुक लगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका होइन, यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ, सित्तैमा पाइने ( VPN ) ले अरू Malware हरू आएर हाम्रो डिभाइसमा बस्छ जसले घरदेखि अफिससम्मको डेटा चोरी हुने खतरा बढ्न सक्छ ।

ह्याक हुने जोखिम कतिपय (VPN ) हरूले विभिन्न माध्यमबाट हामीले चलाउने उपकरणहरूमा Spyware, Malware हरूलाई बाटो दिने माध्यमको रुपमा बनिरहेको र यसले गर्दा हाम्रो घरमा चलाउनेदेखि अफिसमा चलाउने डिभाइसहरू समेत जोखिममा पर्न सक्छन् ।

निःशुल्क ( VPN ) प्रयोग गरेर हामी प्राय एउटै उपकरण घरमा पनि चलाइरहेका हुन्छौं । अनि अफिस आउँदा पनि सोही उपकरण प्रयोग गरेर अफिसमा काम गरिरहेका हुन्छौं । तर (VPN ) ले हाम्रो सामाजिक सञ्जालका खाताहरू, कर्पोरेट अफिस, सरकारी कार्यालय ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम उच्च हुन्छ ।

ह्याकरहरूले Encrypt गरेर विभिन्न माध्यमबाट Malware हरू पठाउने भएकाले त्यसमा एक क्लिक हुनेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुने जोखिम उच्च हुन्छ। हामीले ( VPN ) प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा ( VPN ) पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ । पछि एकैचोटि आक्रमण हुन्छ र पछि ह्याकरले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ ।कसैले फेसबुक वा टिकटकमा ( VPN ) प्रयोग गर्न सुझाव दिएकाे आधारमा मात्रै यस्ता सफ्टवेयरहरू चलाउन हुदैन। Virus हरू र Malicious कोडहरू त एकदमै फैलिन्छन् । तपाईँले क्लिक गर्नुभयो भने तपाईँकाे साथीहरूलाई पनि पुग्न सक्छ र तपाईँलाई विश्वास गरेर उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् र ह्याक हुने जोखिम हुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved