काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै आज देखि मतदाताको घरघर जान थालेका छन्।
आज शनिबारदेखि सोमबारसम्म जनआवाज सुन्न घरघर जान लागिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले हिजाे नै जानकारी दिएका थिए।
‘आम मतदाताको घरदैलोमा गएर सुझावहरू संकलन गर्ने तयारी गरेका छौैं। उहाँहरूको गुनासोहरू सुन्नेछौं,’ बुर्लाकोटीले भनेका थिए, ‘हिजो चुनावको बेलामा हतारमा प्रतिबद्धताहरू व्यक्त गरेका थियौं। पार्टीका सांसद, नेता–कार्यकर्ताको कार्यशैलीबारे नागरिकका मनमा के उठिरहेका छन्, ती सबै सुन्नेछौं।’
उनले रास्वपाका प्रत्यक्ष निवाचित ७ सांसदसहित उम्मेदवारहरू १३१ जना र समानुपातिकतर्फ निर्वाचित १३ सहित १०७ जना उम्मेदवारहरू घरदैलोमा पुगन आज बिहानैदेखि संबन्धित कार्य क्षेत्रहरुमा पुगि सकेका समेत बुर्लाकोटीले बताए।
यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिएकाे पनि उनले बताए।
निर्वाचन क्षेत्रको उम्मेदवारसहित ६ वटै तहको कमिटी परिचालित गर्नेछौं। सुझावहरू संकलन गर्नेछौं,’ उनि भन्छन्।
रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको हो। कात्तिक २४ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो गर्ने निर्णय गरेको थियो।
साेहि निर्णय अनुसार रास्वपा खाेटाङले पनि आज बिहानै देखि जिल्ला सदरमुक स्थित रत्नपार्कबाट घरदैलाे कार्यक्रम सुरु भएकाे रास्वपा खाेटाङले जनाएकाे छ।

त्यस्तै रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेको छ। बैठकमा विशेष गरी पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विचार–विमर्शको तयारी गरेको छ।
