काठमाण्डौं । नेकपा एमाले खोटाङ – काठमाण्डौं सम्पर्क मञ्चले आसन्न शुभ दिपावलीका अबसरमा भाेलि २६ गत्ते देउसी भैलो कार्यक्रम गर्ने जनाएको छ ।
चेलीले माइतीको दिर्घायु र ऐस्वर्यको लागि कामना गर्ने पर्वका रुपमा मनाईने शुभ दिपावलीे २०८० को अबसरमा बिगत बर्षहरुमा जस्तै यस बर्षपनि जन्मथलो छाडेर कर्मथलो काठमाडौं उपत्यका अस्थायी र स्थायी बसोबास गर्ने तथा देश–विदेश जुनसुकै ठाउँमा रहनुभएका तमाम आदरणीय वुवा–आमा, दाजु–भाइ तथा दिदी बहिनी, नर–नाता, इष्टमित्र, साथीभाहरु लगाएत नेकपा (एमाले )का नेता तथा कार्यकता ,शुभेच्छुक ,शुभचिन्तक तथा समर्थकहरुलाई एउटै थलोमा जम्माभई भेटघाट, शुभकामना आदान–प्रदान गर्ने तथा साँस्कृतिक पर्व देउसी–भैलीमा रमाउने कार्यक्रम गर्ने मञ्चका अध्यक्ष नवराज रोकाले जानकारी दिए।
नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्च सग आवद्ध पालिका ,नगर:क्षेत्रीय सम्पर्क मञ्चका सम्पुर्ण सदस्यहरु,मञ्चका सल्लाहकारहरु , मञ्च संग आवद्ध नेता कार्यकर्ता ,तथा शुभेच्छुक ,शुभचिन्तक, गन्यमान्य सम्पूर्णलाई निमन्त्रणा गरिसकिएकोले देउसी भैलो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य सब्य र सफल वनाईदिन समेत अध्यक्ष रोकाले अनुरोध गरेका छन् ।
भाेलि आईतवार ,कृष्णभोग पार्टि प्यालेस, मध्ये वानेश्वरमा बिहान १०ः०० वजेदेखि ५ः०० बजे सम्म नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं झापा इन्चार्ज बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने देउसी भैलो कार्यक्रममा नेकपा एमाले सम्बद्ध एबं अन्य कलाकारहरुको बेजोड प्रस्तुती,जिल्ला तथा राष्ट्रिय स्तरका नेता तथा कार्यकर्ताहरु बिच शुभकामना आदान प्रदान एबं चियापान समेतको आयोजना गरिएको मञ्चकी उपाध्यक्ष प्रतिमा बिष्टले जानकारी दिए।