काठमाडौं । अहिले काठमाडौं उपत्यकाका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविद्हरुका अनुसार उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको छ।
काठमाडौंमा यसअघि अक्टोबर १७ (असोज ३० गते)मा पानी परेको थियो। त्यतिबेला ८.२ मिलिमिटर वर्षा मापन भएको मौसमविद्ले जानकारी दिए। अहिले पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो।
काठमाडौंका एक/दुई स्थानमा भइरहेको वर्षा केहीबेरमा रोकिने पनि मौसमविद्ले जानकारी दिएका छन्। पानी परेपछि काठमाडौंमा तुलनात्मक रूपमा चिसो महशुस गरिएको छ।
