काठमाडौँ । औषधि व्यवसायी तथा कांग्रेस नेता डा.अबुल हुसेन अन्सारीले भूकम्प पीडितहरूका लागि औषधि सहयोग गरेका छन्।
उनले साढे चार लाख रूपैयाँ बराबरको अत्यावश्यक औषधि प्रदान गरेका हुन्। उनले व्यक्तिगत सहयोगमा उक्त औषधि भूकम्प प्रभावित जाजरकोट तथा पश्चिम रूकुमका लागि पठाएका हुन्।
गतराति जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा ठुलो संख्यामा जनधनको क्षति भएको छ। ती जिल्लाहरूमा राहत तथा उद्दारको लागि सबै निकाय खटिएका छन्।
विभिन्न संघ संस्थाहरूले समेत आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आएका छन्। सोही आधारमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत औषधि सहयोग गरेको अन्सारीले बताए।