काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्। विभिन्न माध्यमबाट विवादस्पद अभिव्यक्ति दिएपछि प्रसाईं आइतबार साइबर ब्यूरोमा उपस्थित भएका हुन्।
प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियामार्फत् मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो। नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रहरीले व्यूरोमा बोलाएको हो।
