Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेडिकल व्यवसायी प्रसाईं आज प्रहरीमा उपस्थित हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 5, 2023
12 shares

काठमाडौं । लगातार विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्।

जथाभावी नबोल्न पटक-पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा उपस्थित हुन भनेका हुन्।

उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको प्रहरी स्रोतले बतायो।

बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेपछि उनलाई प्रक्राउ गर्नुपर्ने दबाब भए प्रहरीले नियन्त्रणमा लिएको छैन।

ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा पनि प्रसाईंले थालेका छन्। उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहमा कुराकानी हुँदै आएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दसैंलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर  प्रसाईँका गतिविधिलाई  नियन्त्रण गर्न आग्रह गरेका थिए।

उनले गणतन्त्रलाई नै चुनौती दिन थालेकाले चुप बस्न नहुने भन्दै ओलीले पक्राउ गरेर कानुनी दायरामा ल्याउन भनेको दाहालले आफ्नो पार्टीका नेताहरूसँग ब्रिफिङ गरेका थिए। उक्त तथ्य देशसञ्चारमाफत् सार्वजनिक भएपछि अध्यक्ष ओलीले आफूले कसैलाई पक्राउ नगर्न बिन्ति नबिसाएकाे दाबी गरेका छन्।

एमालेका अरु नेताहरूले पनि प्रसाईंलाई नियन्त्रणमा दिन आफ्नो पार्टीले नभनेको दाबी गर्दै आएका छन्। तर ओलीले यसअघि प्रसाईंका गतिविधि सरकारले नियन्त्रण नगरे जनताले प्रतिवाद गर्ने  बताएका थिए। युवासंघको कालोमोसाेलाई उनको यही अभिव्यक्तिसँग जोडेर हेरिएको छ।

प्रसाईंले एमाले छाडेपछि अध्यक्ष ओली, नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसे दलेपछि उनी आली र एमालेविरुद्ध थप आक्रामक देखिएका छन्।

प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएपछि ओली र एमाले पंक्ति क्रुद्ध छ। अरू पार्टीमा पनि प्रसाईंका अभिव्यक्ति र गतिविधिले कानुनलाई नै चुनौती दिइरहेकाले सरकारको मौनतामाथि प्रश्न गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved