काठमाडौं । लोमस फर्मासिटिकल्स प्रा.लि.का डाइरेक्टर प्रणवजङ्ग पाण्डेले भूकम्पमा परी घाईते भएकाहरुको उपचारका लागि औषधी सहयोग गरेका छन् । उनले भूकम्प पीडितहरुको उपचारमा प्रयोग हुने पेन किलर र दुखाई कम गर्ने मलम सहयोग गरेका हुन् ।
सिनामंगलमा रहेको सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन प्लाटुनका प्रमुख पूर्ण साउद र डाकटरहरुको उपस्थितिमा उनले सो औषधी हस्तान्तरण गरेका हुन् ।
गएराति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा एक सय ३३ जनाको निधन भएको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ४० जना घाईते भएका छन् । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।