Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले पार्टी जोगाउन ओलिले ल्याय ६ बुँदे एकता प्रस्तव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2021
2.7K

काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ ।

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गरेका छन् । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्नेमा रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफू पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिएका छन् ।

आइतबार राति पार्टीलाई एकजुट राख्न आफू तयार रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका हुन् । ओलीको एकता प्रस्ताव आएसँगै देशभरका एमाले कार्यकर्ता खुसी र उमंग बनेका छन् । देशभरका एमाले कार्यकर्ताहरूले प्रधानमन्त्री तथा अध्यक्षको एकता प्रस्ताव सकारात्मक भएकाले सोही प्रस्तावको जगमा टेकेर एमालेका सबै असन्तुष्ट पक्षलाई समेत पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।

अध्यक्ष ओलीको एकता आह्वान र कार्यकर्ताको दबाबका कारण माधव नेपाल समूहका अधिकांश नेता कार्यकर्ता पनि पार्टी एकताको पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीको एकता आह्वानलाई नेपाल समूहका नेताहरूले पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको एकता हुनुभन्दा अघिको अवस्थाबाट पार्टी सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेसँगै पार्टी फुटबाट जोगिएको हो ।

‘नेकपा (एमाले)लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ अध्यक्ष ओलीले आह्वान गर्दै भनेका छन् ।

एमाले वरिष्ठ नेता नेपाल समूहले पार्टी एकताका लागि अघि सारेका सर्तहरू ओलीले स्वीकार गर्दै पार्टी एकताका लागि आह्वान गरेका हुन् । मातहतका पार्टी कमिटी र जनसंगठन मूलभूत रूपमा ३ जेठ २०७५ पूर्वको अवस्थाबाट फर्केर क्रियाशील हुनेसमेत ओलीको प्रस्ताव छ । संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदल गठन गरेर समाधान गरिने ओलीले उल्लेख गरेका छन् ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved