काठमाडौं । गत ७ गत्ते विजय दशमीकाे दिन आफन्तहरुकाे घरमा टीका लगाएर फर्किने क्रममा बेपत्ता भएकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १५ बिजयखर्ककि ६८ बर्षीय जैसिमाया ढुँगानाकाे अझै पत्ताे लागेकाे छैन।
कमजाेर दृष्टि र श्रवण क्षेमता कम रहेकाे ढुगेल साेहि वडामा आफन्तकाेमा टीका थाप्न आफ्ना श्रीमान सगै गएकाे तर उनी हिड्न अलि नसक्ने र घरमा गाइबस्तुलाई घाँस पात गर्ने श्रीमान भने श्रीमती जैसिमायालाई बाटाेमा छाेडेर अघि आएकाे बताइएकाे छ।
बहुमुल्य गहना लुटपाटकाे लागि अप्रिय घटना घटाइएकाे हुन सक्के आशंका गरिएपनि एकिन तथ्य पत्ता लाग्न नसके पछि DSP पुरुषाेतम खड्का र साेहि वडाका वडाध्यक्ष राम बहादुर कट्वालकाे नेतृत्वमा धरान बाट तालिम प्राप्त कुकुर सहित एक अनुसन्धान टाेलि घटना स्थलमा ल्याइएकाे अध्यक्ष कट्वालले जानकारी दिएका छन्।
हिजाे साँझ आइपुगेकाे उक्का तालिम प्राप्क कुकुर सहितकाे अनुसन्धान टाेलिले हरायकि जेैसिमायाकाे खाेजिकार्यलाई आज बिहान देखिनै तिब्रता दिएकाे तर याे समाचार तयार पार्दा सम्म बेपत्ता ढुँगालनाकाे पत्ता नलागेकाे श्राेतले बताएकाे छ।