Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१५० रूपैयाँमा इन्टरनेट बेच्न थाले अग्रहरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2023
60 shares

काठमाडौं । सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै न्युनतम हो । नेपालमा ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै अति साधारण इन्टरनेट जोड्न पाइन्छ ।

नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ । १५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिँदापनि आफूलाई फाइदा भइरहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले बताएका छन् ।

Sponsored LinksYou May Also Like
Hearing Aid Costs In Mexico May Surprise You (Take A Look)
GetSmartInsights | Hearing Aids
Poor Couple Finds Cash Under Floor During Renovation, Then Policeman Tells Them This
House Jogger
by Taboola
उनले भने, म स्वयम्लाई इन्टरनेटको वास्तविक मूल्य कति हुन्छ भनेर थाहा पाउन दुईदेखि तीन वर्ष लाग्यो । २०–३० रूपैयाँमा मज्जाले ३–४ वटा मोबाइल चलाउन सकिन्छ । सामान्य इन्टरनेट कम्पनीको बिल हेर्दा १४ सय रूपैयाँको छ । ७०० रूपैयाँ इन्टरनेट चार्ज लिएका हुन्छन् भने ७०० मर्मत खर्च भनेर ठोकिरहेका हुन्छन् । जबकी मर्मत खर्च ५ रूपैयाँदेखि १० रूपैयाँमा २५ बर्षदेखि गरिरहेको छु । केबल चलाइरहेको म अब इन्टरनेट किन नचलाउने भनेर रिसर्च गरेपछि मैले यो पत्ता लगाएको हो ।

म २०–२५ वर्षदेखि केबल व्यवसायमा छु । १५ रूपैयाँको नाफाले घरमै गएर मर्मत गरेर प्रदान गर्दै आएको सेवा इन्टरनेट कम्पनीहरूले ७ सय रूपैयाँ लिनु अस्वभाविक हो । मैले १५० रूपैयाँमा नेट बिक्री गर्दा पनि सरकारको राजस्वसहित सबै खर्च कटाएर पनि ७० देखि ८० रूपैयाँ नाफा भइरहेको छ । मलाई टीभीभन्दा नाफा यसैमा भइरहेको छ । टीभीमा १० रूपैयाँमा सेवा दिन्थेँ भने, मलाई ८० रूपैयाँ नाफा आइरहेको छ । मेरो लागि टीभीभन्दा राम्रो यही चलिरहेको छ ।

उनले इन्टरनेटको स्पीडमा पनि ठगी भइरहेको खुलासा गरे । कम्पनीहरूले ५० एमबीपीएस, १००–२०० एमबीपीएस भनेर भन्ने कुरा नेपालमा सबैभन्दा ठूलो ठगी हो । मलाई पनि यो बुझ्न अलिक समय लाग्यो । कुनै पनि मोबाइलको क्षमता १.२ एमबीपीएसभन्दा माथि हुँदैन ।

जुनसुकै कम्पनीले जति एमबीपीएस दिए पनि मोबाइलले लिनसक्ने भनेको १.२ एमबीपीएस हो । १.२ एमबीपीएसलाई कम्पनीहरूले सफ्टवेयरको माध्यमबाट २००, ३०० र ४०० एमबीपीएस बनाएर देखाउँछन् र बेच्छन् । ल्यापटप, कम्प्यूटरले हदैसम्म लिएर दुई तिन गुणभन्दा बढी लिँदैनन् । यहाँ झन् ठूलो ठगि भइरहेको छ । यो प्रविधिको ज्ञान अब धेरैमा हुन थालेको छ अब धेरै ठग्न पाउँदैनन् उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved