Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राज्यकाे कानुन नमान्नेहरु महासंघकाे छातामुनि रहन्न, चिमाेरिया झुण्ड समुदायका लागि ऐजेरु हुन् : अध्यक्ष गहतराज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2023
531 shares

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालप्रति आम जनमानिसमा फैलाउन खोजिएको भ्रम हटेको छ । २०७९/०७/२० गत्ते एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै महासंघले सामाजिक सञ्जालमा देखिएको सबै अन्यौल र भ्रमहरुको बारे सत्य तथ्य प्रमाण सहित आफ्नो आधिकारीक धारणा राखेका थिए।

उक्त सार्वजनिक गरिएको प्रेस विज्ञप्ती प्रमाणहरु सहित मुख्यगरी अध्यक्ष गहतराजको राजिनामा सम्बन्धमा महासंघले आफ्नो स्पष्ट प्रमाण पेस गरेका थिए । विज्ञप्तीका अनुसार “राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औँ चितवन राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार अध्यक्ष सी.बी. गहतराज महासंघको दर्शन पुरा गर्न राजनीतिक यात्रा तय गर्नुपर्ने भएकोले आपसी समझदारीमा राजीनामा दिनुभए थिए र मिति २०७९ जेठ १५ गते तत्कालिन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा विषयमा बसेको विशेष केन्द्रीय समितिको बैठकको निर्णय अनुसार महासंघको अर्काे राष्ट्रिय भेला नभए सम्मका लागि सबै अख्तियारी अध्यक्ष सी.बी. गहतराजलाई नै दिने गरी उनको राजीनामा फिर्ता गर्ने सर्बसम्मतले निर्णय गरिएको थियो । जस अनुसार विधान संवत सी.बी. गहतराज नै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष रहेको प्रस्ट छ ।” विज्ञप्तीमा लेखिएकाे थियाे ।

कार्यवाहकबाट फिलेमन क्षेत्रिलाई हटाउँदा तत्कालिन कार्यवाहक महासचिवसापकाेटाले हस्ताक्षर गरेकाे विज्ञप्ति: 

त्यस्तै, तत्कालिन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीका विषयमा पनि विज्ञप्तीमा यस्तो लेखिएको थियाे । भारतको दिल्लीमा हालै सम्पन्न पास्टर तथा अगुवा भेलामा स्वयम् रेभ डा. फिलेमोन खड्का क्षेत्रीले अध्यक्षता गरेएको र महासंघको आधिकारीकता नभएको कार्यक्रममा महासंघको विषय प्रवेश गराई विधान र निर्णय विपरित कार्य गरेकोले तत्कालीन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीलाई दिईएको जिम्मेवारी फिर्ता लिईएको थियाे । साथै उनलाई यी सबै विषयको १५ दिने स्पष्ट धारणा मागिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको थियाे।

डाेमा राइलाई कार्यवाहक दिँदा र फिर्ता लिँदा काे विज्ञप्ति :

यसैसँगै, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आउदो राष्ट्रिय अधिवेशन नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी सहअध्यक्ष डोमा राईलाई दिइएको विज्ञप्तीमा उल्लेख गरिएको थियाे । साे समयमा महासंघको गरिमालाई खलबलाउने गरी सामाजिक सञ्जालमा अनेकौ टिका टिप्पणी हुँदै आएको बेला अध्यक्ष गहतराजले सबै प्रमाण सहित प्रस्तुत भई भ्रमको पछि नलाग्न समेत आगरह गरेका थिए ।

तर , यी सबैबाट पनि महासंघलाई समुदायकाे बिचमा अभिभावककाे रुपमा खडागर्नकाे सट्टा अध्यक्ष गहतराजमाथि नै महासंघका केही पदाधिकारिहरुले गुटबनदि गर्दै महासंघ हत्याउने प्रयास गरेपछि महासंघकाे बिधान ३८काे उपधारा २ बमाेजि मिति २०७९/१२/०१ मा बसेकाे महासंघकाे पदाधिकारि बैठकबाटै त्यस्ता बिधान बिपरित हर्कद गर्नेहरुलाई कार्वाहि गरिएकाे थियाे।

यस्तै, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे  विधान दफा ८ को १ दफा ९ (६) अनुसार साधारण सदस्यता र सदस्यता नविरकण गरीएको विशेष केन्द्रिय समितिको पदाधिकारीहरुको नामावली प्रकाशन गरेको थियाे । महासंघको केन्द्रिय कार्यालयमा  १ असार २०८० मा बसेकाे केन्द्रीय कमिटिकाे बैठकले महासघकाे  बिधान अनुसार ३७ जना केन्द्रिय सदस्य सहित नामावली प्रकाशन गरेको थियाे।

महासंघको बिधान धारा दफा ३८ बमोजिम अनुशासनको कार्वाहीमा परेका केही जिम्मेवार पदाधिकारीहरुको पदमा समेत नयाँ ब्यक्तिहरुलाइ राख्दै महासंघले आफ्नो कर्तब्य र गतिविधिहरुमा चल्ने प्रतिज्ञा गरेका छन् । बिधान ३८ को उपधारा २ बमोजिम गुटबन्दी तथा षड्यन्त्र गरिएको प्रमाणित भए सँगै ती ब्यक्तिहरु कार्वाहीमा परेका थिए ।

चाेरि गरि लगेपछि किर्ते गरेकाे माइनुट:

महासंघले संस्थाबाट कार्वाहि गरेकाे झाेँकमा उद्दब चिमाेरियाकाे टिमले कार्यालयबाट एक थान माईनुट चाेरिगरि लगेका थिए जसमा किर्ते गरि विभिन्न ब्यक्तिकाे नाम थरनै नराखि फर्जि केन्द्रीय कमिटि खडा गरि महासंघकाे लेटरहेड,छाप समेत किर्ते गरेर अध्यक्ष गहतराजलाई निलम्वन गरेकाे विज्ञप्ति मात्र सार्वजानिक गरेन ब्यक्तिगत लेन देनका बिषयलिएर दर्ता नभएकाे युटुबहरुबाट अध्यक्षकाे मानमर्दनहुने किसिमकाे सामग्रिहरु समेत प्रसारण गराएका थिए जसकाे बिरुद्ध महासंघकाे तर्फबाट २०८० भदाै ३ गत्ते उद्दब प्रसाद चिमाेरिया सहितका टिमकाे लागि १/१ कराेड क्षतिपूर्ति सहित कार्वाहिका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत रहेकाे हालका महासचिव अनिल राई बताउँछन्।

यस्तै , महासंघकाे बिषयमा बिबादा उत्पन्न भएछि महासंघ जिल्ला प्रशासन कार्यालय सम्म तथ्य दिई पाउँ भनेर पुगेकाे थियाे तर पटक पटक CDO सँगकाे झलफल पछि २०८० साउन २९ का लगि दुबै पक्ष ( सि बी र चिमाेरिया) छलफलका लागि निर्णायक मिटिङ तय गरिएकाे थियाे तर, एक दिन अघि साउन २८ का दिन नै चिमाेरिया टिम दलबल सहित कार्यालय ताेडफाेडमा उत्रिएका थिए भने याे बिषयमा पनि महासंघले टेकु प्रहरीमा कार्वाहिका लागि उजुरी दिएका थिए। तसर्थ यस्ता राज्यकाे कानुन नमान्ने महासंघकाे छातामुनि रहन्न, चिमाेरिया झुण्ड समुदायका लागि ऐजेरु हुन् : अध्यक्ष गहतराज भन्छन्।

हाल उक्त चिमाेरिया समूह सि बी समुहकाे बदनामिका लागि विभिन्न पत्र पत्रिका तथा युटुबहरुबाट भ्रमकाे अभिब्यक्तिहरु दिएर समुदायलाई कमजाेर गराउनमा उद्दत भई रहेकाे तर अदालतले यहि कार्तिक २१ गत्तेका लागि तारेख समेत जारि गरिसकेकाे हुनाले महासंघ नेपाली भाषी ख्रीष्टियनहरुकाे हक हित र संरक्षणका लागि लागि रहने महा संघका उपाध्यक्ष तुलसि प्रसाद श्रेष्ठ बताउँछन्।

कार्यवाहकबाट फिलेमन क्षेत्रिलाई हटाउँदाकाे भिडियाे हेर्न याे लिङ्कमा जानुहाेस👉️👉https://youtu.be/SHplbAvKGyg?feature=shared

महासंघ भित्रै बसेर समुदाकाे बिरुद्ध गतिविधि गर्न नपाएका कारण महासंघ हत्याउन लागिपरेका कुधार्मिक र कुब्यक्तिहरुबाट अलग गर्ने प्रकृयाकाे अन्तिम समय सम्म साथ दिन र यस्ता ब्यक्तिहरुले अहिले पनि विभिन्न चर्चका पास्टरहरुलाई फाेन तथा स्थलगत रुपमा भेटेरै महासंघकाे पक्ष नलिनका लागि प्रलाेभन साथै धम्कि समेत दिँदै रहेकाे भन्ने सुनिएकाेले यस्ता ब्यक्ति वा समुहकाे कुनै पनि प्रबृत्तिमा साथ नदिन समेत उपाध्यक्ष श्रेष्ठले समस्त ख्रीष्टियन समुदाय र मण्डलिहरुलाई आग्रह गर्दछन्।

( प्रस्तुत तस्विरहरु सामाजिक सञ्जाल फेसबुकबाट लिइएकाे हाे )

 

 

” पुनस्च : समाचारमा उल्लेख गरिएकाे बिषयमा काेहि कसैलाई आवस्यक परेकाे खण्डमा २०६८ सालमा स्थापना भएकाे उक्त महासंघकाे ( उद्दब चियाेरिया समुहले चाेरि गरेकाे एक थान बाहेक) सम्पूर्ण सक्कल माइनुट र चितवन भेला पछि कार्वाहि गरिएकाे प्रमाण सहितकाे महासंघकाे सक्कल विज्ञप्ति तथा जिल्ला अदालत, CDO कार्यालय तथा टेकु प्रहरीमा दिइएकाे उजुरि लगाएतकाे  प्रमाणहरु महासंघ सँग रहेकाे र जसकाे आवस्यकता परेकाे खण्डमा छायाँ कपिहरु सूचना चाैतारी डट कमले उपलब्ध गराउने जानकारि गराउँदछाै। “

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved