Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राज्यकाे ठाेस कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2023
4.3K
काठमाण्डौं। काठमाण्डौं । ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बोड सदस्यबाट कुटपिट भएको छ ।

कलेजको लाइब्रेरी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले र्बोड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४/५ जनाको समूहले कुटपिट गरेका हुन् । कुटपिटबाट उनको शरीरमा नीलडाम र हात खुट्टा सुन्निएको छ भने उनी हाल सिकिस्त अवस्थामा घरमै उपचाररत छन् ।

सन् १९९५मा विद्यार्थीको रूपमा प्रवेश र २०१६ बाट भने मिसन कोर्डिनेटर र हाल लाइब्रेरिन पदमा कार्यरत लामालाई कुटपिट गर्ने राजेश जोशी कलेजका र्बोड सदस्य र सोही कलेजमा सञ्चालन भएको होप चर्चका डिकन हुन् भने अर्का व्यक्ति भारतीय नागरिक प्रकाश लामा प्रिन्सिपल छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने ख्रीष्टियन समुदायका चिरपरिचित व्यक्ति क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान महर्जन हुन् ।

प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने बहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको जानकारी दिएको छ । राजेश जोशीको समूहको कुटपिटबाट हाल उनी सिकिस्त छन् । चियाको बहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउकामा र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समूहलाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

४७ वर्षिया सोम लामाले भने, ‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफ्नो कुरा राख्न खोज्दै थिए, एक्कासि मलाई राजेश र उनको समूहले सुनियोजित रूपमा ज्यान लिने तरिकाले लाठी तथा हतियारको प्रयोग गरी अन्धाधुन्ध हातपात गरे र म अर्धचेत भए, धेरै हारगुहार गरे तर कोही मलाई बचाउन आएनन् ।’

र्बोड सदस्य राजेश जोशी, सविना थापा, प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएको साथै सोही कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रयोग गरेर केही महिनाअघि सांघातिक आक्रमण पनि गरेको पीडित लामाले बताए ।

घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझ्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर नाटकीय शैलीमा पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई आवश्यक कारबाही गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पनि कारवाही हुन सकेको छैन् ।

इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नेपालका संस्थापक अध्यक्ष साइमन पिटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रीष्टियन चरित्र नभएकोले यसले समग्र ख्रीष्टियन समुदायलाई लज्जित बनाएको बताउनुभयो ।

पीडित सोम लामाले कुटपिट गर्नेहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेको छ । पीडितको उजुरी अनुसार नै प्रहरीले पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायरको तयारी गरिरहेको छ ।

कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई

नेपालमा इसाईहरूमा ईश्वर शास्त्रीय अध्ययनमा सहयोग गर्ने उद्देश्यले सन् १९८६ मा कोरियन प्रेसबेटरियन चर्चका रूपमा साउथ कोरियाकोतर्फबाट नेपालमा पहिलो मिशनरीका रूपमा आउनुभएका डा।सँग हो लीले ललितपुरको सुनाकोठीमा नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गरेका थिए ।

डा: लीले तत्कालीन अवस्थामा बाइबल कलेजको प्रयोजनका लागि भन्दै ६ रोपनी ३ आना जग्गा खरिद गर्ने निर्णय गरे र त्यस बेला लीले कभनेन्ट ख्रीष्टियन फेलोशिप, ढोलाहिटीका पास्टर साइमन पीटरको एकल नाममा सो जग्गा खरिद गर्ने बताए र उनले सो जग्गाको सिमाकंन पनि गरे तर तत्कालीन नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफका अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनको मिलेमतोमा सो जग्गा आफ्नो नाममा बनाउनको लागि ठूला षड्यन्त्र गरेको स्रोतको दाबी छ । पछि सोही जग्गालाई लिएर आफूलाई मंगलमान महर्जन र रेडोन रोङोगको समूहले ज्यान मार्ने धम्की समेत दिएको पास्टर साइमन पीटरको आरोप लगाए । हाल जग्गाको भाउ आकासिँदो रहेकोले सो आर्थिक लोभले सो जग्गा खरिदबिक्री प्रकरणले चर्चा पाएको हुनसक्ने साइमन पिटरले बताए ।

बाइबल कलेजको भनिएको ६ रोपनी ३ आना जग्गाको धनी पास्टर मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्द कुमार खड्का हुन । तर जग्गाका एक धनी मुकुन्द कुमार खड्काको नशा सम्बन्धी रोगका कारण मृत्यु भएपश्चात् उनका छोराले जग्गाको हकदावी गरी मुद्धामामीलाबाट २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ ।

यी त एक प्रतिनिधि उदाहरणहरुमात्र हुन्, उचित कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आइरहेको जग्गा जमिन र सम्पत्तिमा व्यक्तिको रजाँई रहेको छ । धर्मनिरपेक्षताको आडमा पछिल्लो समय अल्पसंख्यक ख्रीष्टियन धार्मिक समूहहरूले आर्थिक अपचलन र अपारदर्शीताको जालो फैलाइरहेको ख्रीष्टियन समुदायका विज्ञ जानकारहरु बताउँछन् । एकातिर राज्यको ध्यान नजाँदा लामो समय देखि धार्मिक समुदायका धर्मगुरुहरूले गैरकानुनी रूपमा अशुद्ध तरिकाले सम्पत्ति आर्जन गर्ने र कुनै पनि श्रम लगायतका आर्थिक कारोबार नगरी धन थुर्पानाले देशको अर्थतन्त्रलाई गैरकानुनी तरिकाले लुटिरहेका छन् ।

देशमा कानुन नबन्दाको फाइदा उठाई व्यक्तिको नाममा अकुत जग्गा जमिन, अवैध बैकिंङ आर्थिक कारोबार गर्नाले अन्ततः मुलुकको समग्र अर्थतन्त्रलाई ध्वस्त बनाउने हुँदा कडा कानुन ल्याउन र धार्मिक संस्थामाथि कडाईका साथ अनुगमन गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार गम्भीर हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved