Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

८० हजार थाइल्याण्डका स्थायीबासी नेपाली भन्छन् : पितृभूमि नेपाल जन्मेपछि एकपटक पुग्नैपर्छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 25, 2023
654 shares

काठमाडौं । नेपाली भाषी विश्वका जुनसुकै कुनामा पुगेका छन् । स्थापनाकालकाे तीन बर्ष हाराहारीमा सूचना चाैतारी डट कम विश्वकाे विभिन्न देसमा रहेका नेपालीहरुकाे माझमा पुग्न सफल भएकाे छ। विश्वभरकाे विभिन्न सूचना,जानकारी र समाचारहरु सम्प्रेषण गर्दै आउँदा आज हामी थाइल्याण्डका नेपाली स्थायीबासीको कुरा गर्दैछौं । उनीहरु नेपाललाई पितृभूमि मान्दछन् । जीवनमा एक पटक नेपाल पुग्नैपर्छ भन्छन् । वर्तमानले बिर्संदै गए पनि इतिहास साक्षी छ–पिलोकका डाँडामा रगतपसिना बगाएर मानव बस्ती बसाउने काममा नेपाली जतिको भूमिका अरु कसैको छैन ।

पिलोक, थाइल्याण्डको राजधानी बैंकक्बाट २६१ कि.मि. टाढाको पहाडी गाउँ । अहिले थोङ फा फुम जिल्लामा पर्ने पर्यटकीय यो भूमिमा करीब आठ दशकअघि जंगल मात्र थियो । दोस्रो विश्वयुद्धताका ब्रिटिश सेनामा रहेका नेपाली र तिनका आफन्तले बर्माको सीमामा पर्ने यो भूमिमा पहिलोपटक घर बनाएका थिए । बर्मा र मलेशियामा त त्यसअघि नै नेपाली पुगिसकेकै थिए । तर, पहाडको यो टापु आफ्नो भएको कुरा थाइल्याण्ड सरकारलाई नै पत्तो थिएन । थाई सुरक्षाकर्मी त्यस पहाडको फेदी कञ्चनाबुरीसम्म मात्रै आफ्नो सीमा ठान्थे ।

नेपालबाट दार्जिलिङ, बर्मा हुँदै थाइल्याण्डको पिलोक पुगेका सन्तमान राईसँग खानीको राम्रो ज्ञान थियो । भनिन्छ, उनी माटो सुँघेर कहाँ खानी छ पत्तो पाउँथे । पिलोकका डाँडामा खानीको सम्भावना देखेपछि उनले उत्खनन् सुरू गरे । त्यसको हल्लाखल्ला फैलिएपछि थाई सरकारका प्रतिनिधिहरू खोज्दै आइपुगे । त्यसपछि बल्ल ‘आइन्दा यो काम थाइल्याण्डको लागि गर्नु’ भन्ने राईलाई पुर्जी थमाए ।

विस्तारै खानीहरू विकसित हुँदै गए । यहाँका सबै नेपालीको जीविकाको आधार खानी नै भयो । पिलोक ‘नेपालीको गाउँ’ बन्यो । तर, सन् ८० को दशकमा टिनको बजार संकटमा परेसँगै दर्जनभन्दा बढी पिलोकका खानी बन्द गरिए । खानीमै निर्भर नेपालीको हातमुख जोर्ने कुनै साधन भएन । आफ्ना आफन्तको सहयोगमा उनीहरू बैंकक् र थाइल्याण्डका विभिन्न भागमा छरिए । तर, कानूनी हैसियत नभएकाले उनीहरूको हैसियत अनागरिक जस्तो थियो । माइला आचार्य (६८) पिलोकबाट सन् १९९४ मा बैंकक् आए । तर, उबेला बैंकक् आउन निकै कठिन थियो । कुन दिन पक्रिएला भन्ने चिन्ता हुन्थ्यो । उनी आएकै वर्ष बैंकक्मा एक जना नेपाली बसेको घरमा सन्तोषी माताको पूजा लागेको थियो । तर, पूजा नसकिंदै ९७ नेपाली पक्राउ परे ।

यो घटनापछि थाई सरकारलाई नेपाली र पिलोकको सम्बन्धबारे अझ् गहिरोसँग थाहा भयो । बैंकक्स्थित नेपाली राजदूतावासले पनि घटनामा सहजीकरण गर्‍यो । थाइल्याण्डका नेपालीको संस्था थाई नेपाली संघका पूर्व अध्यक्ष ऋतुराज पाण्डे पिलोकसँग थाई नेपालीको जीवन जोडिएको बताउँछन् ।

संयोग, लगत्तै सन् १९९५ मा नेपालका राजा वीरेन्द्रले थाइल्याण्ड भ्रमण गरे । वीरेन्द्र र थाई राजा भूमिबोलका बीच अत्यन्त राम्रो सम्बन्ध थियो । यही मौकामा नेपालीको टोलीले थाइल्याण्डका नेपालीको समस्या राख्यो ।

खानी पत्ता लगाउने शान्तमान राई 
भोलिपल्ट वीरेन्द्रले थाई नरेशसँग ‘दोस्रो विश्वयुद्ध ताकाका नेपालीलाई यतै बसोबास र परिचयको व्यवस्था मिलाउन’ आग्रह गरे । भूमिबोलले पनि यो प्रस्ताव स्वीकार गरे । सन् १९९५ को अन्त्यतिरैबाट थाइल्याण्डका नेपालीलाई परिचयपत्रको व्यवस्था शुरू भयो । शुरूमा थाई अधिकारीहरूले नेपालको राजदूतावासमा नै बसेर यो सेवा दिएका थिए । यसपछि थाई राजपरिवारका सदस्यहरूसँगै राजा भूमिबोलकी आमा समेत पिलोक पुगेको, नेपालीलाई उपहार दिएको अहिले पनि बूढापाकाहरू सम्झन्छन् । राजाको भ्रमण नेपालीका लागि अस्तित्व खोजको कोसेढुंगा नै बन्यो ।

कागजात नपुगेका बाहेक अहिले धेरै नेपालीमूलका थाईसँग त्यहाँकै नागरिकता छ । तर, उनीहरू आफूलाई नेपाली नै ठान्छन् । “भाषा र भेष हरायो भने त हाम्रो अस्तित्व पनि हराउँछ, त्यसैले हामी जसरी हुन्छ नेपालीपन जोगाउने काम गरिरहेका छौं”, थाइल्याण्डमा नेपालीको इतिहासबारे अध्ययनका लागि गत महीना त्यहाँ पुगेको टोलीसँग थाई नेपाली संघका सल्लाहकार डेविड खनाल भन्दै थिए ।

पिलोक नै प्यारो :
एबु तातोपानी क्षेत्र उबेला १ नम्बरको नामले चिनिन्थ्यो । त्यहीं जन्मेकी थिइन्, काइली राना (७५) । अहिले पिलोकमा थोरै नेपाली मात्र बसे पनि बाल्यकालमा देखेको पिलोकको सम्झ्ना उनको स्मृतिमा आइरहन्छ । भन्छिन्– यो त सानो नेपाल थियो । खानीका छेउछाउ १ देखि १२ नम्बरका बस्तीमा नेपाली नै नेपाली देखिन्थे । बर्मेलीहरू त कामको लागि आउजाउ मात्र गर्दथे ।

नेपालीहरू देउसीभैलो, चौथी, फागु, तीज, संक्रान्ति सबै चाडबाडहरू मनाउँथे । चाडबाड आयो कि नेपालीको जमघट सुरू भइहाल्थ्यो । तर, विस्तारै नेपालीले पिलोक छाड्न थाले । बस्ती पातलिन थाल्यो । “चाडबाड आयो कि आफन्तको सम्झ्ना आउँछ, अनि एक्लै डाँडामा गएर रुन्छु”, उनी भन्छिन् । काइलीका थाई श्रीमान् फाग दी काइलीलाई नेपाली भेट्टाउन बेलाबेला बैंकक् लैजान्छन् ।

रोजगारी, व्यवसाय र शिक्षाका लागि छरिए पनि नेपाली भाषा, संस्कृति, जीवनशैली सिकाउने पिलोक गाउँ थाइल्याण्डका नेपालीको मनमा बसेकोे छ । यीमध्येकै हुन् पुर्खाराम राई (६०) । उनी बैंकक् पहिलोपल्ट आउँदा शहर बन्नै बाँकी थियो । गाईभैंसी चरेका देखिन्थे । “पिलोकमा बिताएको बाल्यकाल बिर्सन सकेको छैन”, उनी भन्छन् । बैंकक्मा एक दशक बिताएका कान्छा राना (६२) भने अहिले पिलोक नै फर्के । “पुर्खाहरूले सिर्जना गरेको ठाउँ छाड्न मन मानेन”, उनी भन्छन् । तर धेरैका लागि पिलोक नौलो बनिसकेको छ । २२ वर्षअघि पिलोक छाडेका लक्ष्मण खत्री गत वर्ष आफ्नो जन्मघर खोज्न पिलोक गए । तर, भेटेनन् । घर छाडेको ठाउँ पुनः जंगलले लिएको छ । “जंगलको छेउमा कतै तुलसीको मठ, कतै मन्दिर र कतै घरका अवशेष मात्र देखिए”, उनी भन्छन् ।

‘नेपालीत्व छाडिन्न’

थाई नेपाली संघका अनुसार थाइल्याण्डमा करीब ८० हजार नेपाली छन् । यो समुदायसम्म नेपाली भाषा, संस्कृति र संस्कार प्रचारप्रसार गर्न संघले विभिन्न कार्यक्रम गरिरहेको छ । यसका लागि शिक्षा शिविर जस्ता कार्यक्रम पनि सञ्चालन गरिरहेको संघका अध्यक्ष कुमार कार्की बताउँछन् । संस्कृतिसँगै सकेसम्म नेपाली भाषामा रैथाने शब्दको प्रयोगमा पनि संघले जोड दिएको छ । “भलिबल र फूटबललाई हामी गोला, ट्वाइलेटलाई पाइखाना भन्छौं” संघका सल्लाहकार डेविड खनाल भन्छन्, “देश छाडेको धेरै भए पनि पुस्तापुस्तामा परम्परागत ज्ञान हस्तान्तरण भइरहेको छ ।” माइला आचार्य जतिसुकै अप्ठेरोमा पनि यहाँका नेपालीले भाषा, संस्कार र संस्कृति मान्न नछाडेको बताउँछन् । “जहाँ भए पनि आफूलाई नेपाली भन्न छाडेनौं, छाड्दैनौं”, उनी भन्छन् ।

यस्तै, TAN का पूर्व अध्यक्ष समेत रहेका कुमार कार्की केही समयदेखि नेपालमा रहेर विभिन्न सेवाकाे काममा समर्पित रहेका छन्। देस छाेडेपनी नेपालर नेपाली प्रतिकाे मायाँले नेपालीहरुकाे महान चाड दसै उनले बानेश्वरस्थित बृद्धाश्रममा रहेका ४१ जना आमा बुबाकाे साथमा रमाए। कार्कीले बृद्ध आमा बुबालाई खानाकाे व्यवस्था गरेका छन् भने चार महिना सम्म पुग्ने रासन समेत उपलब्ध गरायका छन्  ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved