कास्की। केही समय देखि स्थगित रहेकाे विभिन्न विभागहरु गठनकाे कार्यलाई पुन: सुचारु गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले कास्की जिल्ला समिति गठन गरेकाे छ।
पाेखराकाे लामा चउर स्थित यरुसलेम चर्चमा आज एक कार्यक्रम गर्दै साे कास्की जिल्ला समिति गठन गरिए छ। केन्द्रीय अध्यक्ष सि बी गहतराजकाे प्रमुख आतिथ्यमा गठित समितिकाे अध्यक्षमा जयराज गुरुङ सहित एघार सदस्यीय रहेकाे श्राेतले जनाएकाे छ।

उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तुलसि प्रसाद श्रेष्ठ,लैला कुमारी गहतराज केन्द्रीय सदस्य रमिता श्रेष्ठ ,कास्की इशाइ समाजका अध्यक्ष , कास्की इशाइ समुदायका अध्यक्ष , लगाएत जिल्ला स्थित विभिन्न चर्चका पास्टर तथा अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे।
महासंघकाे विधानलाई पालना नगरि राज्यकाे कानुनलाई नै चुनाैति दिने केही ख्रीष्टियन भनिने अराजक ब्यक्तिहरुले संस्थाकाे विरुद्ध विभिन्न अफवाह फैलाएकाे कारण महासंघले विभिन्न विभाग गठनका कामहरु राेकेकाे थियाे तर तेस्ता तत्वहरु महासंघकाे विधान अनुसार संस्थाबाट आफै पन्सिसकेकाे हुनाले अब निर्धक्क भएर अघि बढ्न थालेकाे छाैँ भन्दै केन्द्रीय अध्यक्ष गहतराजले नवगठित जिल्ला समितिलाई शुभकामना दिनुभएको थियाे।

समुदायकमा भ्रम छरेर स्वार्थ पूरा गर्न उद्दत केही व्यक्तिहरु अहिले पनि चहलपहल गरिरहेकाे तर कानुनत संस्थाकाे कागजात तथा महत्वपुर्ण सामानहरु चाेरिकाे कसुरमा उनिहरु कानुनि कठघरामा पुग्ने हुनाले ख्रीष्टमा विस्वास गर्दै महासंघमा आवद्ध रहेर अघिबढ्न समेत केन्द्रीय अध्यक्ष गहतराजले सुझाएका थिए।
नवगठित जिल्ला कार्य समिति अध्यक्ष जयराज गुरुङले समितिका सदस्यहरुलाई उत्साह दिँदै हिजाे के थियाे, कसले के गर्याे भन्दा पनि ख्रीष्टमा रहेर राज्यकाे कानुनलााई पालना गर्दै जिल्ला भरिकाे मण्डलि , तिनका विस्वासीहरुकाे हितमा काम गर्दै अघि बढ्ने प्रतिज्ञा गर्दै सदस्यहरुलाई समेत प्रतिज्ञा गराउनु भएकाे थियाे।