Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दशैँकाे टीका लगाउँदा महिला- पुरुषमा दिईने आशिर्वादमा समेत विभेद??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 23, 2023
30 shares
महिलालाई आशीष दिँदा भनिने श्लोक –

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते

अर्थ: दसैं मूलतः असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने पर्व हो ।

राक्षस महिषासुरलाई देवी दुर्गा भवानीले परास्त गरेको कथा दसैंसंगै जोडिएर आउँछ । यसर्थ दसैं मूलतः देवी पूजन पनि हो । यहीकारण आशीष दिदाँ महिलाहरुलाई दुर्गा भवानीका विभिन्न नामहरुजस्तै प्रसिद्धी मिलोस् भनेर कामना गर्ने चलन छन् । ‘जयन्ती, मंगलाकाली, भ्रदकाली, कपालीनी, दुर्गा, क्षमा, शिवा, धात्री,स्वाहा र स्वधा नामले प्रसिद्ध देवी तिमीलाई नमस्कार छ’ भन्ने आशयले यो श्लोक वाचन गरेर आशीर्वाद दिने गरिन्छ ।

पुरुषलाई आशीष दिँदा भनिने श्लोक –

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

द्रोण

अर्थ: महाभारतका एक चर्चित पात्र हुन् अश्वत्थामा । गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामालाई अमरत्व प्राप्त छ । महाभारतमा अश्वत्थामाको पात्र चित्रण जुनसुकै रुपमा भएपनि अष्ट चिरञ्जीवीमध्ये एक मानिने उनकै जस्तो दीघ आयु होस् भन्ने हेतुले आशीष दिदाँ ‘आयु द्रोणसुते’ भन्ने गरिन्छ ।

माथि श्लोकमा उल्लिखित पात्रहरू सबै पुरुष भएकाले र नारी र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गरी आशीर्वाद दिँदा विभेद हुने तर्क गर्नेहरू पनि छन्। तर पूर्वराज्यमन्त्री तथा पूर्वीय संस्कृतिकी ज्ञाता कान्ता भट्टराई त्यस्तो तर्कसँग सहमत छैनन्।

उनी भन्छिन्, “हाम्रो धर्म र संस्कृतिले नारी र पुरुष भनेर विभेद गरेकै छैन।” “वास्तविक शास्त्रको अध्ययन अध्यापनमा अहिले कमी आएको हुनाले मात्रै यस्तो विभेदको दृष्टिकोण देखिएको हो। हाम्रा शास्त्रहरूमा नारीलाई एउटा गर्ने, पुरुषलाई अर्को गर्ने भन्ने विभेदको नीति छँदै छैन।”

उनका अनुसार द्रोणपुत्र (अश्वत्थामा) को जस्तो आयु होओस् भन्ने आशीर्वाद जसलाई दिए पनि हुन्छ। “नारी पनि सत्कर्मले चिरञ्जीवी बनून् भन्न हुन्छ। दशरथको जस्तै श्री, राघव (राम) जस्तै शत्रुनाश, नहुषको जस्तो ऐश्वर्य, पवनको जस्तो गति, दुर्योधनको जस्तो मान, शन्तनुका छोरा भीष्मको जस्तो शौर्य, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तै सत्यनिष्ठा, विदुरको जस्तै ज्ञान, नारायणको जस्तो कीर्ति होओस् भन्न नारी वा पुरुष जसलाई पनि हुन्छ।”

यो बाहेक अरू श्लोक पनि आशीर्वचनका रूपमा प्रयोग हुन्छन्।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।

प्रचलनमा रहेको अर्को श्लोकमा विभिन्न देवीहरूको गुणगान गर्दै आशीर्वाद ग्रहण गर्ने व्यक्तिमा पनि त्यस्तै सामर्थ्य होओस् भनिएको छ। भट्टराई भन्छिन्, “नवदुर्गाले जसरी महिषासुरलाई मर्दन गरिन्, रक्तबीजहरूलाई नाश गरिन् त्यसरी नै दानवी शक्तिलाई नाश गर्ने क्षमता नर वा नारी दुवैमा होओस् भनेर ती नारीशक्तिको नाम लिँदै आशीर्वचन दिइन्छ।”

त्यस्तै अर्को श्लोकको भावार्थ यस्तो छ –

लक्ष्मी तिम्रो घरैमा धनसहित बसून्, कण्ठमा ज्ञानदात्री

फैलून् ती बन्धु सारा, सकल रिपु उता भासियून् मध्यनर्कै।

भा होस् देशान्तरैमा जग र मग गरी चन्द्रको, फूलको झैँ

भोग्नू सन्तानसाथै सकल सुख सधैँ, आयु होओस् शताब्दी।।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved